default_image

5 years ago

February 22, 2020

आयोजक धरान उद्घाटन खेलबाटै बाहिरियो

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गतवर्षको उपविजेता तथा बुढासुब्बा गोल्डकपको आयोजक धरान फुटबल क्लब यस संस्करणको उद्घाटन खेलमा नै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

धरान रंगशालामा शनिबार भएको खेलमा युनाइटेड कर्साङ फुटबल क्लब भारतले टाइब्रेकरमा ४–२ गोल अन्तरले धरानलाई पराजित गर्यो । यस जितसँगै कर्साङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको धरान फुटबल क्लबले पहिलो हाफको ३४ औं मिनेटमा अग्रता लिएको थियो । विक्रम लिम्बूले दिएको लामो पासलाई सुनिल खड्काले पेनाल्टी एरियाबाट गोल गरेका थिए ।

पहिलो हाफमा धरानले युनाइटेड कर्साङलाई दबाबमा राखे पनि दोस्रो हाफमा कर्साङले उत्कृष्ट कमब्याक गरेको थियो । ३७ औं मिनेटमा कर्साङका सिद्धान्त क्षेत्रीले गोल गरे । कर्साङका करण राईले दिएको लामो पासलाई मुस्किलले नियन्त्रणमा लिएका सिदान्त क्षेत्रीले विपक्षी दुई डिफेन्स अलमलिदा गोल एरियाबाट सुन्दर गोल गरे ।

खेलको ५४ औं मिनेटमा सिदान्त क्षेत्रीले प्रहार गरेको बल पोष्ट नजिकबाट बाहिरीयो । त्यस्तै ६१ औं मिनेटमा सिदान्तको प्रहार फेरी पोष्ट नजिकैबाट बाहिरियो । खेलको पहिलो हाफमा धरानका विदेशी खेलाडी फोफोनाले मिलाइ दिएको पास गोल एरियामा अनमार्क रहेका सुनिल खड्काले गोल गर्न सकेनन् । त्यस्तै दोस्रो हाफमा धरानका फोफोनाको सशक्त प्रहार सोझै गोल किपरको हातमा पुगेको थियो ।

टाइब्रेकरमा कर्साङका बेरिन प्रधान, प्रशान्त राई, सिदान्त क्षेत्री र प्रयास प्रधानले गोल गरेका थिए । त्यस्तै धरानका मनिष गुरुङ र हेमन्त थापाले गोल गरेका थिए भने विक्रम लिम्बूको प्रहार कर्साङका गोल किपर राजा बुर्मानले रोकिदिएका थिए । त्यसतै मनोज राईको प्रहार बारमा लागेर बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच कर्साङका वाङ्देन तामाङ घोषित भए । उनलाई नगद रु १५ हजार पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै खेलमा उत्कृष्ट गोल गर्ने खेलाडी घोषित हुँदै धरानका सुनिल खड्काले ५ हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगितामा आइतबार नेपाल पुलिस क्बल र मेचि नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच खेल हुनेछ ।

December 15, 2024

रियल म्याड्रिड रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ ।‌ बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]

December 14, 2024

झापा कपमा आर्मीको विजयी सुरुवात

हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]

December 14, 2024

झापा कपको उद्घाटन खेल-आर्मी र एलएक्स सिटी खेल्ने

हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]

Success

Thank you for your time.