default_image

5 years ago

February 23, 2020

जावलाखेललाई बागमती गोल्डकप उपाधि

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्रभु बैंक जावलाखेल युथ क्लबले तेस्रो बागमती गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मकवानपुरको फापरबारीमा आइतबार भएको फाइनलमा अर्को ए डिभिजन टोली यति हिमालयन शेर्पालाई १–० ले हराउँदै जावलाखेल च्याम्पियन बनेको थियो ।

 

४९ औं मिनेटमा ड्याडी जुनियरले गरेको गोल खेलको निर्णायक बनेको थियो । हिमालयनका गोलकिपर छिरिङ लामाको गल्तिको फाइदा उठाउँदै जुनियरले गोल गरेका थिए । बागमती गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको विजेता जावलाखेलले ६ लाख रुपैयाँ प्राप्त गरेको छ ।

अब जावलाखेलले ललितपुर महानगरपालिकाबाट ४ लाख रुपैयाँ बोसनका रुपमा प्राप्त गर्नेछ । महानगरले आफ्नो क्षेत्र भित्र रहेको ए डिभिजन टोलीलाई बार्षिक ४ लाख र हरेक उपाधिको अलग ४ लाख रुपैयाँ प्रदान गर्दै आएको छ । त्यस्तै बी डिभिजनका टोलीलाई ३ र सी डिभिजनका टोलीलाई बार्षिक २ लाख रुपैयाँ प्रदान गर्दै आएको छ ।

December 15, 2024

बुन्डेसलिगामा बार्यनको‌ पहिलो हार

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बार्यन म्युनिखले शनिवार सिजनको पहिलो‌ हार बेहोरेको छ। भिन्सेन्ट कम्पोनीको टोली बार्यन माइन्जसँग २-१ ले पराजित भएको हो। माइन्जका लागि दुवै गोल दक्षिण कोरियाली फरर्वाड लि जे सुङले गरे । बार्यनका लेरोय सानेले गोल गरे। रक्षापंक्तिको कमजोरीको फाइदा उठाउँदै सुङले ४१ औं मिनेटमा पहिलो गोल गरे । ६० औं मिनेटमा […]

December 15, 2024

लिभरपुल हारबाट जोगियो, आर्सनल पनि रोकियो

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शनिवार शीर्षस्थानको लिभरपुल र तेस्रो स्थानको आर्सनलले अलग अलग खेलमा बराबरी खेलका छन् । खेलको अन्त्य तिर गोल फर्काउँदै लिभरपुल फुलह्यामसँग हारबाट जोगिएको हो । आर्सनलले एभर्टनसँग गोलरहित बराबरी खेलेको छ। १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेको लिभरपुल दुई पटक खेलमा पछि परेर पनि बराबरी गर्न सफल रह्यो। लिभरपुलका […]

December 15, 2024

रियल म्याड्रिड रोकियो

एजेन्सी – रियल म्याड्रिड स्पेनिस ला लिगामा शनिवार रातो भालेसानोसँग ३-३ को बराबरीमा रोकिएको छ ।‌ बार्सिलोनासँग अंक बराबरी गर्दै शीर्ष स्थानमा जाने मौकालाई रियलले चुकाएको छ । खेलमा भालेसानोले २-० को अग्रता जोगाउन सकेन । भालेसानोका उनाइ लोपेज, अब्लुद मुमिन र इसी पालेजोन तथा रियलका फेडरिको भाल्भेर्डो, जुड बेलिङघम र रोड्रिगोले गोल गरे । लोपेजले […]

Success

Thank you for your time.