default_image

4 years ago

March 6, 2020

विकेश विस्मय : उत्कृष्ट नहुँदाको पिडा

सुबास हुमागाईं, काठमाडौं सफलता मापन गर्ने हो भने विकेश कुथु नेपाली फुटबल इतिहासकै सर्वाधिक सफल गोलरक्षकमा पर्छन् । नेपाललाई दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक दिलाएका विकेश नेपालले पहिलो पटक औपचारिक उपाधिका रुपमा एएफसी सोलिडारिटी कप जित्दा पनि टोलीका सदस्य थिए । राष्ट्रको जर्सीमा छाएका २६ वर्षीय विकेश घरेलु फुटबलमा भने उत्कृष्ट हुनुका बाबजुद पनि […]

167 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

सफलता मापन गर्ने हो भने विकेश कुथु नेपाली फुटबल इतिहासकै सर्वाधिक सफल गोलरक्षकमा पर्छन् । नेपाललाई दक्षिण एसियाली खेलकुदमा दुई स्वर्ण पदक दिलाएका विकेश नेपालले पहिलो पटक औपचारिक उपाधिका रुपमा एएफसी सोलिडारिटी कप जित्दा पनि टोलीका सदस्य थिए ।

राष्ट्रको जर्सीमा छाएका २६ वर्षीय विकेश घरेलु फुटबलमा भने उत्कृष्ट हुनुका बाबजुद पनि ‘उत्कृष्ट’ हुन सकेका छैनन् । अर्थात घरेलु लिगमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका उनलाई उत्कृष्ट छनोट गर्न भने छनोट पक्षले लगातार उपेक्षा गर्दै आएको छ । त्रिभुवन आर्मी क्लबका लागि पछिल्लो केहि वर्षयता विकेशले गोलरक्षकको भूमिका निर्वाह गर्दै आएका छन् । विकेशकै आगमनपछि आर्मीले हरेक सिजन लिग उपाधिमा दाबेदारी पनि प्रस्तुत गरेको छ ।

२०७२ सालमा भएको राष्ट्रिय लिगमा विकेशले आर्मीका लागि सबै १६ खेलमा पूरै समय मैदानमा बिताए । यसक्रममा लिग अवधिभर ६ गोलमात्र खाएका उनले ११ क्लिनसिट राखेका थिए । लिगमा तथ्यांक मात्र नभएर प्रदर्शनमा पनि उनी अब्बल नै थिए । लिगको अन्तिम दिन पुरस्कार वितरण समारोहमा विकेश उत्कृष्ट गोलरक्षक बन्नेमा जति ढुक्क थिए त्योभन्दा बढी अरुले उनी उत्कृष्ट हुने अपेक्षा राखेका थिए । तर त्यसबेला रुस्लान थ्री स्टारका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट गोलरक्षकको अवार्ड पाए । त्यसबेला लिगमा जम्मा १२ खेल खेलेका किरणले ७ गोल खाएका थिए । उनले जम्मा ६ क्लिनसिट राखे ।

त्यसपछि २०७५ सालको ए डिभिजन लिगमा विकेशले आर्मीको तुलनात्मक रुपमा कमजोर प्रदर्शनमा पनि बलियो प्रदर्शन गरे । लिगमा सर्वाधिक ७ क्लिनसिट राख्ने क्रममा विकेशले प्रतियोगिता अवधिभर ८ गोलमात्र खाए । तर त्यस सिजन च्याम्पियन मनाङको यात्रामा बलियो प्रदर्शन गरेका विशालले उत्कृष्ट गोलरक्षकको उपाधि प्राप्त गरे । विशालले लिगमा ६ क्लिनसिट राख्दै ८ गोल खाएका थिए । लिगको अन्तिम खेलसम्म मनाङ अपराजित रहेका कारण पनि विशालको बलियो दावेदारी थियो ।

गत महिना सम्पन्न ए डिभिजन लिगमा लिगको अन्तिम खेलसम्म आर्मी अग्रतामा थियो । पटक पटक उत्कृष्ट गोलरक्षकको रोजाइमा नपरेका विकेश यसपटक लिग उपाधि जितेर त्यो सबै पिडा बिर्साउने लक्ष्यमा थिए । लिगको अन्तिम खेल अघोषित फाइनलका रुपमा मछिन्द्र र आर्मीबीच हुँदै थियो । खेल बराबरी गरे मात्र पनि आर्मी च्याम्पियन हुने निश्चित थियो । तर खेलको ३३ औं मिनेटमा नसोचेको घटना भयो ।

मछिन्द्रका रञ्‍जित धिमालले मैदानको मध्यभाग नजिकबाट प्रहार गरेको फ्रिकिक आर्मीका विकास तामाङको टाउकोमा फ्लिक हुँदै गोलमा परिणत भयो । विकासको फ्लिकले झुक्किएका विकेश बललाई बचाउन लामो डाइभ हान्ने क्रममा पोस्टमा ठोक्किन पुगे । उनको कम्मरको मांशपेशीमा चोट लाग्यो । विकेशको उभिने प्रयास त गरे सकेनन् । अझ टोलीका सहकर्मी आएर उभिन आग्रह गर्दा थप कठिन भयो । विकेशलाई स्ट्रेचरमा राखेर अस्पताल लगियो ।

अस्पताल पुगेका विकेशलाई आफ्नो चोटको पिडाभन्दा लिगकै धुन थियो । उनी मोबाइलमै खेल हेर्न व्यस्त रहे । समय बित्दै गयो तर आर्मीले गोल फर्काउन सकेन । अन्त्यमा उनी निराश भए र टोली पनि । अस्पतालबाट घर गएर उनी केहि दिन निस्कन सकेनन् । चोट गम्भीर नरहेको र केहि साता उनलाई डाक्टरले विश्राम लिने सल्लाह दिए । आफ्नो शरीरको चोटभन्दा मैदानको नतिजाले उनलाई धेरै पिडा दिएको उनले बताए ।

‘ निकै मिहिनेत गरेका थियौं । सबैको एउटै लक्ष्य थियो, आर्मीलाई पहिलोपटक ए डिभिजन लिग जिताउने । सबै योजना अनुसार चलेको पनि थियो । तर भाग्यले साथ दिएन । मलाई आफ्नो चोटभन्दा पनि नतिजाले धेरै चोट दियो । म नभएपनि जित्न सक्छ भने विश्वास थियो, तर त्यहि गोल निर्णायक बन्द थप पिडा भयो,’ विकेशले सुनाए ।

विकेशले आर्मीलाई लिगको अन्तिम दिनसम्म शीर्षस्थानमा राख्दा विशेषत: जावलाखेलविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले १-० को जितमा जावलाखेलका थुप्रै आक्रमण निस्तेज पारेका थिए । त्यसो त एपीएफविरुद्ध कडा प्रतिस्पर्धामा गरेका बचाउ र थ्री स्टारविरुद्ध पेनाल्टी बचाउसहितको प्रदर्शन पनि उनले आफ्नो बलियो पक्षका रुपमा लिएका थिए ।

लिग अवधिभर आर्मीले कुल ७ गोल खायो जसमा अन्तिम दिनको गोल समेत जोडियो । यो लिगभरिकै सर्वाधिक कम गोल हो । क्लिनसिटमा चौथो स्थान हासिल गरेको मनाङका दीप कार्कीले ८ तथा मछिन्द्रका विशाल श्रेष्ठ, थ्री स्टारक प्रिसो र विकेशले ७-७ क्लिनसिट राखेका थिए । अन्त्यमा मनाङका दीप नै लिगका उत्कृष्ट गोलरक्षक चुनिए ।

विगतभन्दा फरक यसपटक टेक्निकल स्टडी ग्रुप (टिएसजी) अर्थात प्राविधिक अध्ययन समूहले मतदान गरेर उत्कृष्ट तीन खेलाडी छान्ने र एक समितिले उत्कृष्ट खेलाडी छनोट गरेको थियो । टिएसजीका प्रतिनिधि, लिग समितिका प्रतिनिधि र एन्फा कार्यसमितिका प्रतिनिधिले छनोट गरेको उत्कृष्ट खेलाडीमा विकेश पुन: एकपटक परेनन् ।

यसै समितिले छनोट गरेको उत्कृष्ट गोलरक्षक त्यसै दिन घोषित राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा भने पर्न सकेनन् । प्रशिक्षक कालिनले लिगका उत्कृष्ट खेलाडी समेटेर बनाएको ३१ खेलाडीको टोलीमा विकेशसँगै मछिन्द्रका विशाल श्रेष्ठ र च्यासलका एलन न्यौपाने टोलीमा पर्दा उत्कृष्ट घोषित दीप भने बाहिर नै रहे ।

विकेशको आफू उत्कृष्टको उपाधिको हकदार भएपनि यसपटक लिग उपाधिमा नै ध्यान रहेको बताउँछन् । ‘यसपटक हामी लिग उपाधिको लक्ष्यमा थियौं । जसरि पनि लिग जित्नुपर्छ भनेर नै डिफेन्समा बलियो प्रदर्शन गर्ने जिम्मेवारी थियो । सफल भएका पनि हौं, तर भाग्यले साथ दिएन । विगतमा अन्यभन्दा उत्कृष्ट प्रदर्शन गर्दा पनि नजितेकाले लिग उपाधि जित्नैपर्छ भन्ने थियो, तर अन्त्यमा चुक्न पुग्यौं,’ विकेशले भने ।

विकेशको आर्मीलाई लिग जिताउने सपनामा यसपटक धक्का त पुग्यो तर यसले उनलाई अर्को पाठ सिकाएको छ । विगतमा आफ्नो गल्ति सुधार्दै राम्रो प्रदर्शन गरेका उनी अर्कोपटक थप बलियो प्रदर्शन गर्ने लक्ष्यमा छन् । ‘ लिग उपाधि जित्ने सपना छ । आर्मीकै जर्सीमा उक्त सपना पूरा गर्न चाहन्छु । आफ्नो प्रदर्शनमा अब्बल हुँदै लिग जिताउँदै अर्को सपना पूरा हुने नै छ । त्यसका लागि सबै एक भएर अगाडी बढ्नेछौं,’ उनले थपे ।

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

Success

Thank you for your time.