default_image

4 years ago

February 24, 2020

म्यानचेस्टर युनाइटेड र वल्भ्सको सानदार जित

एजेन्सी – म्यानचेस्टर युनाइटेड र वल्भ्सले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई तथा वल्भ्सले नर्विच सिटीलाई समान ३–० ले पराजित गरेको हो ।  ओल्डट्राफोर्डमा म्यानचेस्टरको सानदार जितमा ब्रुनो फर्नान्डेज, एन्थोनी मार्सियल र मासन ग्रीनवुडले गोल गरे । वाटफोर्डलाई दवावमा राखेपनि घरेलु टोलीले गोलको लागि ४२औं मिनेटमा […]

41 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर युनाइटेड र वल्भ्सले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाटफोर्डलाई तथा वल्भ्सले नर्विच सिटीलाई समान ३–० ले पराजित गरेको हो । 

ओल्डट्राफोर्डमा म्यानचेस्टरको सानदार जितमा ब्रुनो फर्नान्डेज, एन्थोनी मार्सियल र मासन ग्रीनवुडले गोल गरे । वाटफोर्डलाई दवावमा राखेपनि घरेलु टोलीले गोलको लागि ४२औं मिनेटमा पेनाल्टीको साहरा लिनुपरेको थियो ।

४१औं मिनेटमा ब्रुनो फर्नान्डेजलाई गोलरक्षक बेन फोस्टरले खराव ट्याकल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । जसलाई ब्रुनो आफैले सदुपयोग गर्दै युनाइटेडका लागि पहिलो गोल गरे । पहिलो हाफमा १–० को अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । मार्सियलले ५८औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । ७५औं मिनेटमा मासन ग्रीनवुडले गोल गर्दै टोलीको जित पक्का गरे ।

जितसँगै म्यानचेस्टर लिगको पाँचौ स्थनमा उक्लन सफल भएको छ । युनाइटेडको २७ खेलबाट ४१ अंक पुगेको छ । वाटफोर्ड २४ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा छ । अर्काे खेलमा वल्भ्सले नर्विच सिटीमाथि ३–० को सहज जित निकाल्यो । वल्भ्सको जितमा डिएगो जोटाले दुई तथा राहुल जिमिनेजले गोल गरे । जितसँगै वल्भ्स ३९ अंक जोडेर आठौं स्थानमा यथावत छ ।

अर्काे खेलमा आर्सनलले एभर्टनमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको छ । आर्सनलको जितमा पिएरे इम्रिक औवामियाङले दुई तथा इडवार्डले एक गोल गरे । एभर्टनका डोमिनिक कल्भर्ट लेविन र रिचार्लीसनले गोल गरे । जितसँगै आर्सनल २७ खेलबाट ३७ अंक जोडेर नवौं स्थानमा उक्लदा एभर्टन ३७ अंकसहित ११औं सथानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.