default_image

4 years ago

February 24, 2020

हाजार्डले म्यानचेस्टर सिटी र बार्सिलोनाविरुद्ध नखेल्ने

एजेन्सी – रियल म्याड्रिडका बेल्जियन विंगर इडेन हाजार्डले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र ला लिगामा बहुप्रतिक्षित एल क्लासिको गुमाउने भएका छन् । शनिबार लिग अन्तर्गत लेभान्तेविरुद्ध खेलमा चोट बोकेपछि हाजार्ड केहि समयको लागि मैदानबाहिर रहने भएका हुन् । उनलाई यसअघि चोट लागेको गोलिगाँठो भागमा नै पुन: चोट लागेको क्लबले जनाएको छ । चोटका कारण लेभान्तेविरुद्ध […]

31 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका बेल्जियन विंगर इडेन हाजार्डले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटी र ला लिगामा बहुप्रतिक्षित एल क्लासिको गुमाउने भएका छन् ।

शनिबार लिग अन्तर्गत लेभान्तेविरुद्ध खेलमा चोट बोकेपछि हाजार्ड केहि समयको लागि मैदानबाहिर रहने भएका हुन् । उनलाई यसअघि चोट लागेको गोलिगाँठो भागमा नै पुन: चोट लागेको क्लबले जनाएको छ । चोटका कारण लेभान्तेविरुद्ध हाजार्ड दोस्रो हाफमा मैदानबाट निस्केका थिए ।

गत नोभेम्बरमा च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको खेलमा हाजार्ड घाइते भएका थिए । उक्त चोटबाट पुनरागमन गरेको दोस्रो खेलमा नै हाजार्ड पुन: घाइते भएका हुन् । रियलले उनको चोट कति गम्भीर नरहेको बताएपनि उनले कम्तिमा २ महिना विश्राम लिनुपर्ने स्पेनिस संचारमाध्यमले जनाएका छन् ।

रियलले बुधबार हुने च्याम्पियन्स लिगको राउन्ड अफ १६ को पहिलो लेगमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । त्यसपछि बार्सिलोनाको सामना गर्दा रियललाई लिगको शीर्षस्थानमा फर्कने अवसर हुनेछ । हाजार्डले १७ मार्चमा हुने च्याम्पियन्स लिगको दोस्रो लेगको खेल पनि गुमाउने छन् ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.