default_image

6 years ago

February 25, 2020

विमल विमर्श : पुनरागमनको प्रतिक्षा

339 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

फरवार्ड विमल घर्तीमगर निलम्बनबाट फर्केपछि मैदानमा आफू पुरानै लयमा रहेको संकेत गरिरहेका छन् । अनुशासन उल्लङ्घन गरेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) बाट ९० दिन निलम्बनमा परेका विमल फागुनको पहिलो दिन फुकुवा भए ।

संयोग नै भन्नुपर्छ सहिद स्मारक ए डिभिजन लिगकै सबैभन्दा महत्त्वपूर्ण खेलबाट विमलले मैदानमा पुनरागमन गर्ने अवसर पाए । लिग उपाधि छिनोफानो हुने त्रिभुवन आर्मी क्लबविरुद्धको अन्तिम खेलमा उनी सानमिगेल मछिन्द्र क्लबबाट उत्रेका थिए । उक्त खेलमा पहिलो रोजाईमा खेलेका विमलले गोल त गरेनन् तर मछिन्द्रको पहिलो उपाधि जितमा केहि पुरानो छनक भने देखाए । पुनरागमनपछिको पहिलो खेलमा सुखद नतिजा हासिल गरेका विमलले त्यसयता भने प्रभावशाली प्रदर्शन गर्दै आएका छन् ।

लिग उपाधि जितेपछि मोफसलका प्रतियोगितामा खेल्न पूर्व यात्रामा निस्केको मछिन्द्रले आइतबार मात्र रुस्लान थ्री स्टार क्लबलाई १–० ले हराउँदै सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको थियो । फाइनलमा उनै विमलले गरेको गोल निर्णायक बनेको थियो । त्यसअघि पहिलो खेलमा पनि उनी मछिन्द्रको जितमा गोल गर्दै म्यान अफ दी म्याच बनेका थिए ।

लिगपछि मछिन्द्रले खेलेका मोफसलका ४ खेलमा उनले ५ गोल गरिसकेका छन् । धरानमा जारी बुढासुब्बा गोल्डकपको अन्तिम क्वार्टरफाइनलमा मंगलबार विमलले ह्याट्रिक गरेपछि मछिन्द्रले भारतीय क्लब सन्डे एफसीलाई ६–१ ले हरायो । उक्त खेलमा पनि विमल म्यान अफ द म्याच घोषित भए ।

लामो समयपछि प्रतिस्पर्धात्मक खेलमा मैदान उत्रेका विमल मैदानमा लगातार राम्रो प्रदर्शन गरिरहेका छन् । तर उनको भनाई मान्ने हो भने लामो उनलाई खेल्न अझै कठिन भइरहेको छ । ‘राम्रो टोलीबाट खेल्न पाएकोले पनि होला । गोल गरिरहेको छु र खुसी छु । तर म अझै यो भन्दा बढी राम्रो गर्न सक्छु भन्ने विश्वास छ । अझै उच्च लय समाउन बाँकी रहेको छ,’ उनले भने ।

६ वर्ष भन्दा लामो समयदेखि राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका विमलका लागि मोफसलमा राम्रो गर्नुपर्ने बाध्यता पनि छ । घरेलु मैदानमा अर्को महिना चाइनिज ताइपेइ र अष्ट्रेलियाविरुद्ध हुने विश्वकप छनोटको बन्द प्रशिक्षणमा उनी समेटिएका छैनन् । अझै दुई महिना वा त्यो भन्दा लामो समय मोसफलका नकआउट प्रतियोगिता जारी रहनेछन् । विमलले त्यसमै गरिने प्रदर्शनका आधारमा राष्ट्रिय टोलीमा पुनरामगनको अपेक्षा राखेका छन् ।

‘आफ्नो गल्तिले गर्दा टोलीबाट निलम्बनमा परे । यो बीचमा साह्रै दुःख महसुस गरे । जुन म शब्दमा भन्न सक्दिन,’ उनले भने,‘
निलम्बनको कारण मैले लिग खेल्न पाइन । जसले सायद म राष्ट्रिय टोलीमा परिन । लामो समयदेखि राष्ट्रिय टोलीबाट खेलिरहेको भएर होला टोलीमा छैन भन्दा खल्लो लाग्ने रहेछ ।’

क्लबले भाग लिने सबै प्रतियोगितामा आफ्नो तर्फबाट अझै राम्रो गर्न प्रयास गर्ने विमलले सुनाए । ‘मेरो अबको लक्ष्य प्रष्ट छ । म राष्ट्रिय टोलीमा जति सक्दो छिटो फर्किन चाहन्छु । राष्ट्रिय टोलीमा हुनु भनेको मेरो लागि प्रतिष्ठाको विषय पनि हो । क्लबबाट राम्रो प्रदर्शन गरेर छिटो भन्दा छिटो कमब्याक गर्ने मेरो प्रयास हो,’ विमलले थपे ।

यसअघि मंसिर ३ गते कुवेतविरुद्ध विश्वकप छनोटको खेलका लागि भुटान जाने अघिल्लो रात अबेरसम्म डिस्कोमा बसेका कारण विमलसहित ४ खेलाडी कारवाहीमा परेका थिए । त्यसै घटनामा अखिल नेपाल फुटबल संघ (एन्फा) ले विमल र दीनेश राजवंशीलाई ९० दिन तथा अन्जन विष्ट र सन्तोष तामाङलाई ४५ दिन निलम्बनमा परेका थिए । चारै जनालाई ५० हजार रुपैयाँ जरिवाना पनि गरिएको थियो ।

अन्जन र सन्तोषले लिगमा कमब्याक गर्दै उच्च प्रदर्शन गरेका थिए । लिगमा सन्तोषको टोली आर्मी दोस्रो र अन्जनको टोली मनाङ तेस्रो बनेको थियो । अन्जन लिगका ३ खेलमा म्यान अफ दी म्याच पनि बनेका थिए । यी चारमध्य अन्जन मात्र राष्ट्रिय टोलीको प्रशिक्षणमा डाकिएका छन् । अन्जन र सन्तोषले लिगमा गरेको प्रदर्शनबाट विमल निकै उत्साहित थिए । विमलले पुनरागमनअघि भनेका थिए,‘ उनीहरुको प्रदर्शनबाट मेरो मनोबल बढेको छ । आफूले पनि पुरानै लयमा खेल्न सक्छु भन्ने आशा लागेको छ ।’

मोफसलका दोस्रो प्रतियोगिता खेलिरहँदा विमलले फर्ममा रहेको संकेत गरेपनि राष्ट्रिय टोलीमा कमब्याक गर्नका लागि भने अझै केहि समय कुर्नुपर्ने छ । कारण राष्ट्रिय टोलीका प्रशिक्षक योहान कालिनले लिगको प्रदर्शनलाई आधार मानेर राष्ट्रिय टोलीको लागि प्रारम्भिक टोलीको छनोट गरिसकेका छन् ।

प्रशिक्षक कालिनले कुवेतविरुद्ध खेलअघि अनुशासनको कारवाहीमा परेका फरवार्ड विमल घर्तिमगर, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई टोलीमा समेटेनन् । त्यसै घटनामा कारवाही भोगेका अन्जन विष्ट भने टोलीमा छन् । कालिनले गत साता हाम्रोखेलकुदसँग अन्तर्वार्तामा विमललगायत खेलाडी टोलीमा नपर्नुलाई अनुशासनसँग मात्र जोड्न नमिल्ने बताए ।

‘यदि हामीले आफ्नो खेल सुधार्ने हो भने अनुशासन पनि महत्त्वपूर्ण हुन्छ । तर विमल लगायत खेलाडी अनुशासन कै कारणले टोलीमा नपरेका भने होइनन् । हामीले उपलब्ध खेलाडीबाट उत्कृष्ट टोली निर्माण गर्न लागेका छौँ । अहिले प्रारम्भिक टोलीमा छनोट भएका खेलाडीबाट नै हामी राम्रो टोली बनाउन सक्छौं,’ प्रशिक्षक कालिनले प्रष्ट पारे ।

कम्तिमा पनि अहिलेको अवस्थामा विमल घरेलु मैदानमा हुने विश्वकप छनोटमा राष्ट्रिय जर्सीमा देखिने छैनन् । यसअघि निलम्बनकै कारण दक्षिण एसियाली खेलकुद (साग) गुमाएका उनले विश्वकप छनोट अन्तर्गत जुन महिनामा घरेलु मैदानमा जोर्डनविरुद्ध हुने अन्तिम खेलका लागि टोलीमा पर्न भने निरन्तर राम्रो प्रदर्शन गर्नुपर्नेछ ।

यो पनि पढ्नुहोस : ‘नयाँ खेलाडीको प्रदर्शन हेर्न उत्साहित छु’ – कालिन

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.