default_image

4 years ago

February 29, 2020

युरोपा लिगमा म्यानेचेस्टरलाई सहज प्रतिद्धन्द्धी, इन्टरले गेटाफेसँग खेल्ने

एजेन्सी – युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानेचस्टर युनाइटेडले सहज प्रतिद्धन्द्धी पाएको छ । युइएफएले शुक्रबार राति सार्वजनिक गरेको ‘ड्र’ अनुसार म्यानचेस्टरले अन्तिम १६ मा अष्ट्रियन क्लब लास्कलाई प्रतिद्धन्द्धी पाएको हो । युनाइटेडले पहिलो लेगमा १२ मार्चमा लास्कसँग उसको मैदानमा खेल्नेछ । दोस्रो लेग २० मार्चमा युनाइटेडको मैदानमा हुनेछ । यस्तै अर्काे इंग्लिस क्लब […]

25 views

0 Bookmark

एजेन्सी – युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलमा इंग्लिस क्लब म्यानेचस्टर युनाइटेडले सहज प्रतिद्धन्द्धी पाएको छ । युइएफएले शुक्रबार राति सार्वजनिक गरेको ‘ड्र’ अनुसार म्यानचेस्टरले अन्तिम १६ मा अष्ट्रियन क्लब लास्कलाई प्रतिद्धन्द्धी पाएको हो ।

युनाइटेडले पहिलो लेगमा १२ मार्चमा लास्कसँग उसको मैदानमा खेल्नेछ । दोस्रो लेग २० मार्चमा युनाइटेडको मैदानमा हुनेछ ।
यस्तै अर्काे इंग्लिस क्लब वल्भ्सले ग्रीसको ओलम्पियाकोस प्रतिद्धन्दी पाएको छ । स्पेनिस क्लब सेभियाले इटालियन क्लब एएस रोमासँग प्रि–क्वाटरफाइनलमै प्रतिस्पर्धा गर्नेछ ।

इटालियन क्लब इन्टर मिलानले स्पेनिस क्लब गेटाफेसँग खेल्नेछ । स्कटल्यान्डको रेन्जर्सले जर्मन क्लब बायर लिभेरकुसेनसँग खेल्दा युक्रेनी क्लब शाख्तर डोनेस्कले जर्मन क्लब वल्फवर्गसँग खेल्नेछ । यस्तै स्वीस क्लब बसेलले जर्मन क्लब फ्रन्कफर्टसँग खेल्नेछ ।

फ्रान्कफर्टले शुक्रबार राति भएको खेलमा साल्जवर्गलाई समग्रमा ६–३ ले पराजित गर्दै अन्तिम १६ को यात्रा तय गरेको थियो ।
फ्रन्कफर्टले पहिलो लेगमा ४–१ को जित पाएको थियो । दोस्रो लेग २–२ गोलको बराबरीमा टुगिंएको थियो ।

प्रि–क्वाटरफाइनलको पहिलो लेग १२ र १३ मार्चमा तथा दोस्रो लेग १९ र २० मार्चमा हुनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.