default_image

4 years ago

March 1, 2020

हिमालयज बाँसबारीको लगातार तेस्रो जित

काठमाडौं(हाम्रो खेलकुद)- शीर्ष डिभिजनमा उक्लने लक्ष्य बोकेको एराउन्ड दि हिमालयज बाँसकारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । बाँसबारीले मध्यपुर युथ एसोसिएसनमाथि ५–२ को फराकिलो जित निकालेको हो । बाँसबारीले यसअघि पहिलो खेलमा श्री भगवती र दोस्रो खेलमा ब्वाइज युनियनलाई पराजित गरेको थियो । मध्यपुरको यो लगातार तेस्रो हार […]

26 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद)- शीर्ष डिभिजनमा उक्लने लक्ष्य बोकेको एराउन्ड दि हिमालयज बाँसकारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । बाँसबारीले मध्यपुर युथ एसोसिएसनमाथि ५–२ को फराकिलो जित निकालेको हो ।

बाँसबारीले यसअघि पहिलो खेलमा श्री भगवती र दोस्रो खेलमा ब्वाइज युनियनलाई पराजित गरेको थियो । मध्यपुरको यो लगातार तेस्रो हार हो । मध्यपुर पहिलो खेलमा खुमलटार दोस्रो खेलमा श्री भगवतीसँग पराजित भएको थियो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बाँसबारीको जितमा सुलेमान थापा मगर र सजिन थापा मगरले २–२ तथा सुरेश कुमालले एक गोल थपे ।

मध्यपुरका धिरज श्रेष्ठ र सन्नी लामाले गोल गरेपनि हार टार्न सकेन । खेलको पहिलो मिनेटमा नै सुलेमान थापाको गोलमा बाँसबारीले खेलमा अग्रता बनाएको थियो । छैटौ मिनेटमा सजिन थापाले गोल गदै अग्रता दोब्ब पारे । ११औं मिनेटमा सुलेमनले गोल गरेपछि बाँसबारीले ११ मिनेटभित्रै ३–० को आरामदायी अग्रता लिन सफल भएको थियो ।

१८औं मिनेटमा धिरज श्रेष्ठले गोल गर्दै मध्यपुरलाई खेलमा फर्काउने प्रयास गरेका थिए । पहिलो हाफको थप गरिएको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सजिनले व्यक्तिगत दोस्रो गोल गरेपछि बाँसबारीले पहिलो हाफमा ४–१ को अग्रता लिन सफल भयो ।

७०औं मिनेटमा सुरेश कुमालले गोल गर्दै बाँसबारीलाई फराकिलो जिततर्फ अग्रसर गराए । ८५औं मिनेटमा सन्नी लामाले गोल गरेपनि मध्यपुरको हार टार्न सकेन । लगातार तेस्रो जितसँगै बाँसबारी ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । प्रतियोगितामा सोमबार पुल्चोक स्पोर्ट्स क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । खेल दिउँसो ३ः३० बजे हुनेछ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.