default_image

4 years ago

March 2, 2020

म्यानचेस्टर सिटी कारवाओ कप च्याम्पियन

एजेन्सी – म्यानचेस्टर सिटीले लगातार तेस्रोपटक इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको उपाधि रक्षा गरेको छ । आइतबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई २–१ ले पराजित गर्दाै सिटीले लगातार तेस्रो पटक कारवाओ कपको उपाधि जितेको हो ।  सिटी यसअघिको दुई संस्करणमा पनि च्याम्पियन बनेको थियो । सिटी २०१७ को सिजन […]

41 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीले लगातार तेस्रोपटक इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको उपाधि रक्षा गरेको छ । आइतबार राति भएको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी एस्टन भिल्लालाई २–१ ले पराजित गर्दाै सिटीले लगातार तेस्रो पटक कारवाओ कपको उपाधि जितेको हो । 

सिटी यसअघिको दुई संस्करणमा पनि च्याम्पियन बनेको थियो । सिटी २०१७ को सिजन देखि लगातार च्याम्पियन बनिरहेको छ । समग्रमा सिटीको यो सातौ कारवाओ कप उपाधि हो ।

वेम्वली स्टेडियममा सिटीको जितमा सर्जियो अगुइरो र रोड्रीले गोल गरे । एस्टन भिल्लाका एमविवाना समताले गोल गरेपनि हार टार्न सकेन । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।

खेलको २०औं मिनेटमा अगुइरोको गोलबाट सिटीले खेलमा अग्रता लिएको थियो । उनले फिल फोडेनको पासमा गोल गर्न सफल भएका थिए ।
३०औं मिनेटमा इकेए गुन्डोगानको पासमा रोड्रीले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

४१औं मिनेटमा एमविवानाले गोल गर्दै एस्टन भिल्लालाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा पहिलो हाफमा लिएको अग्रता नै सिटीलाई च्याम्पियन बन्न पर्याप्त बन्यो ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.