5 years ago
March 4, 2020
दिपक बोहोरा, इलाम
इलाममा जारी छैटौं माइभ्याली आयोजक टोली माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र भारतको मानेभञ्जाङ फुटबल क्लब दार्जिलिङले प्रतिस्पर्धा गर्दै छन् ।
इलाम स्थित ठुलो टुडिखेलमा दिउँसो ३ बजे फाइनल प्रवेशका लागि दुई टोली प्रतिस्पर्धा गर्दैछन् । दुवै टोली जितको लक्ष्यसाथ मैदानमा उत्रने छन् । नेपाल स्टार खेलाडीहरुको मिश्रणमा बनेको मछिन्द्र क्लब लिग जितेको एक सातामै सताक्षी गोल्डकपको उपाधि जितेर उच्च मनोबलका साथ इलाम आएको छ । मछिन्द्र क्लबले क्बाटर फाइनलमा मोफसलको गोर्खा ब्वाइज रुपन्देहिलाइ टाइबेकरमा हराउदै सेमिफाइनल सम्मको यात्रा तय गरेको हो ।
यता मानेभञ्जाङ फुटबल क्लबले मोफसलको चर्चीत क्लब झपा ११ लाई २–१ गोलले हराउदै सेमिफाइनल सम्मको यात्रा तय गरेको हो । सेमिफाइनलको लागी दुवै प्रशिक्षकहरु आफ्नो टिम आजको खेलको लागी तयार भइसकेको बताएका छन् । मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले लिग पछाडी सताक्षी गोल्डकप र बुढासुब्बा गोल्डकप सहभागी भइसकेको हुँदा टिमवर्क राम्रो हुने बताए । योगेश गुरुङ, विमल घर्तीमगर, विशाल राई ए ले अग्रपंक्ति सम्हाल्दा देवेन्द्र तामाङले डिफेन्सलाइनको कमान्ड सम्हाल्ने कटुवालले बताए ।
यता मानेभञ्जाङका टिम व्यवस्थापक तेन्जीङ भुटिया पनि आफ्नो टिमले सकरात्म नतिजा निकाल्नेमा आशावादी रहेको बताए । ‘खेल ५०–५० प्रतिशत हो । हाम्रो टिममा भारतिय अन्डर १४ र १६ वर्षको राष्ट्रिय टिमबाट खेलिसकेको खेलाडीहरु रहेका छन् नतिजा राम्रो होला आशावादीछु,’ भुटियाले भने,’सिलोङ फुटबल क्लबका चर्चीत खेलाडी लियो र न्युकरको तालमेल मिल्यो भने खेल जित्न सकिन्छ ।’
लिग च्याम्पियन मछिन्द्रसहित ए डिभिजनका ३ क्लब त्रिभुवन आर्मी क्लब, संकटाको सहभागिता रहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । माइ भ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा शनिबारदेखि क्वार्टरफाइनल खेल सुरु हुनेछ । फागुन २४ गते सम्म चल्ने गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापाको बिर्तामोडमा शनिवार सुरु भएको प्रथम झापा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आर्मीले मोरङको एलएक्स सिटी एफसीलाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीका लागि राष्ट्रिय टिमका स्ट्राइकरसमेत रहेका नियमित खेलाडी जिलेस्पीजंग कार्की, दिशान्त राई, निरज चौधरीले गोल […]
December 14, 2024
हिमाल खरेल,बिर्तामोड झापा कपको उद्घाटन खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी छनम । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौं जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण यसै वर्षको अन्त्यमा आयोजना हुनेभएको छ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना एनएसएल चैत १६ गते सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। आज एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले एनएसएलका प्रबन्ध निर्देशक श्रेयांस कार्कीलाई एनएसएल आयोजनाको अनुमतिपत्र […]