6 years ago
March 5, 2020
मोफसलमा हुने गोल्डकप प्रतियोगितामा पोखरामा आयोजना हुने आहा रारा गोल्डकपको पृथक पहिचान छ । विपन्न वर्गका खेलाडीलाई एकेडेमीमा राखेर वर्षभर आवास सहित प्रशिक्षण दिनकै लागि गोल्डकप संचालन हुँदै आएको छ ।

पहिलो संस्करण क्याराभान गोल्डकपको नाममा भएको यस गोल्डकपको १८ औं संस्करण बिहीबारदेखि सुरु भयो । यसपटक उद्घाटन खेलमा आयोजक टोली सहाराले ए डिभिजन लिगको टोली ब्रिगेड ब्वाइजसँग खेल्दा टोलीको लागि विशेष दिन बन्यो । यसअघि पोखराका स्थानीय स्टार खेलाडीलाई समेट्दै टोली निर्माण हुने गर्थ्यो । विगतमा सहारामै प्रशिक्षण लिएका कमै खेलाडी टोलीमा रहन्थे ।
यसपटक सहारामै प्रशिक्षणरत ६ खेलाडीले टोलीमा स्थान बनाएका छन् । टोलीको प्रशिक्षकका रुपमा पनि सहारामा नै प्रशिक्षण लिएर ए डिभिजन लिगमा लामो समय खेलेका विष्णु गुरुङ छन् । राष्ट्रियु फुटसल टोलीका समेत प्रशिक्षक रहिसकेका विष्णुले पछिल्लो ७ महिनादेखि सहारामा नियमित प्रशिक्षण दिंदै आएका छन् । बिहीबार बिबिसीविरुद्ध सुरुवाती रोजाईमा नै ४ खेलाडीले स्थान बनाए ।
प्रशिक्षक गुरुङले अभिषेक राना, अनिश लिम्बू, कमल मगर र जीवन रायमाझीलाई पहिलो रोजाइमा स्थान दिए । प्रमिश गुरुङले बेन्चबाट मैदान प्रवेश गर्दै खेले । शिशिर क्षेत्री भने बेन्चमा नै सिमित भए । सहाराबाट प्रशिक्षणरत खेलाडी एकै संस्करणमा सिधै टोलीमा परेको यो नै सर्वाधिक संख्या हो । सहाराले उद्घाटन खेलमा बिबिसीलाई ३-२ ले पराजित गर्दै सुखद सुरुवात पनि गर्यो ।

प्रशिक्षक गुरुङ खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । ‘ ए डिभिजन टोलीविरुद्ध हाम्रो खेलाडीले राम्रो खेले । मैले यो स्तरको प्रदर्शन गर्छन भन्ने सोचेको थिइन । योजना अनुसार नतिजा पनि आयो । पहिलो खेलमा नै यो स्तरको प्रदर्शन राम्रो हो,’ उनले भने ।
गुरुङका अनुसार शारीरिक रुपमा भने खेलाडी केहि कमजोर देखिए । ‘ उमेरको कारण पनि हुनुपर्छ, फिटनेसमा भने केहि कमजोर सावित भयौं । अतिरिक्त समयसम्म खेल्दा पनि केहि कठिन भयो । हामीले अब स्ट्रेन्थ ट्रेनिङमा ध्यान दिएर कमजोर पक्षलाई पनि सुधार गर्नेछौं,’ उनले थपे ।
सहाराले अब क्वाटरफाइनलमा पुलिसको सामना गर्दैछ । त्यसका लागि प्रशिक्षक गुरुङले सक्दो मिहिनेत गर्ने बताए । ‘ हामीले जित्ने भनेर दावा गर्न सक्दैनौं । पुलिस राम्रो टोली हो र हामी आफ्नो योजना अनुसार खेल्नेछौं । पुलिसको फिटनेस बलियो भएकाले पनि हामीले काउन्टर अट्याकमा धेरै ध्यान दिनुपर्छ । आशा गरौँ राम्रो नतिजा आउनेछ,’ उनले थपे ।
सहाराले लामो समयदेखि गोल्डकपकै मुनाफाबाट एकेडेमी संचालन गर्दै आएको छ । गत संस्करण रंगशाला पुनर्निर्माणका कारण गोल्डकपमा अपेक्षित रकम उठ्न नसक्दा एकेडेमी संचालनमा कठिनाइ भएको थियो । यसपटक भने रंगशालामा सिटसमेत रहेकाले आहा गोल्डकप थप भव्य हुने आयोजकले अपेक्षा राखेको छ ।
यो पनि पढ्नुहोस : बिबिसीलाई हराउँदै आयोजक सहारा क्वाटरफाइनलमा
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]