default_image

4 years ago

March 6, 2020

म्यानचेस्टर एफए कपको क्वाटरफाइनलमा

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इंग्ल्यान्डको सबैभन्दा पुरानो र चर्चित एफए कपको क्वाटरफाइन्लमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा म्यानचेस्टरले च्याम्पियनसिप क्लब डर्वी काउन्टीमाथि ३–० को सहज जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । प्राइड पार्कमा म्याचेस्टरको सहज जितमा ओडिन इगहलोले दुई तथा लुका साले एक गोल थपे । […]

21 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इंग्ल्यान्डको सबैभन्दा पुरानो र चर्चित एफए कपको क्वाटरफाइन्लमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा म्यानचेस्टरले च्याम्पियनसिप क्लब डर्वी काउन्टीमाथि ३–० को सहज जित निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो ।

प्राइड पार्कमा म्याचेस्टरको सहज जितमा ओडिन इगहलोले दुई तथा लुका साले एक गोल थपे । खेलको सुरुवातदेखि नै घरेलु टोलीविरुद्ध बल पोजेसनमा पकड जमाएको म्यानचेस्टरले खेलको ३३औं मिनेटमा अग्रता लिन सफल भएको थियो । लुका साले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

४२औं मिनेटमा इगहलोले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ७०औं मिनेटमा इगहलोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै म्यानचेस्टरलाई ३–० को सहज जित दिलाए ।

अब म्यानचेस्टरले क्वाटरफाइनलमा नर्विच सिटीसँग खेल्नेछ । नर्विचले बुधबार राति टोटेनहम हस्टपरलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै अन्तिम आठको यात्रा तय गरेको थियो । क्वाटरफाइनलमा लेस्टर सिटी र चेल्सी, न्यु क्यासल र म्यानचेस्टर सिटी तथा सेफिल्ड युनाइटेड र आर्सनलबीच प्रतिस्पर्धा हुदैछ । क्वाटरफाइनल २१ मार्चमा हुनेछ ।

प्रिमियर लिग प्रतिद्धन्द्धी

लेस्टरविरुद्ध चेल्सी

न्यु क्यासलविरुद्ध म्यानचेस्टर सिटी

नर्विचविरुद्ध म्यानचेस्टर युनाइटेड

सेफिल्डविरुद्ध आर्सनल

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.