default_image

4 years ago

March 6, 2020

एसियाका विश्वकप छनोटको खेल स्थगित !

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप छनोट २०२३ का खेलहरु तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।   बिहीबार फिफाको मुख्यालयमा बसेको फिफा र एएफसीको संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलिरहेको (कोभिड–१९) कोरोना भाइरसका कारण तत्कालका लागि तय […]

44 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले फिफा विश्वकप छनोट २०२२ र एएफसी एसियन कप छनोट २०२३ का खेलहरु तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

 

बिहीबार फिफाको मुख्यालयमा बसेको फिफा र एएफसीको संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलिरहेको (कोभिड–१९) कोरोना भाइरसका कारण तत्कालका लागि तय भएका खेलहरु स्थगित गर्ने निर्णय गरेको हो । बैठकले फिफामा आवद्ध रहेका सबै व्यक्तिहरुको स्वास्थ्य र सुरक्षा नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएको छ ।

फिफा र एएफसीले आफ्ना विशेषज्ञहरुसँग आवश्यक परामर्श गरेर विश्वकप छनोट, एसियन कप छनोट, महिला ओलम्पिक छनोट लगायतका विभिन्न खेलकुद गतिविधिहरुबारे सम्बन्धितलाई जानकारी गराउने समेत बताएको छ ।

फिफाले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेर कोरोना भाइरसको प्रभावबारे आवश्यक निरीक्षणलाई निरन्तरता दिने पनि बताएको छ ।

फिफा विश्वकप छनोट तथा एएफसी एसियन कप छनोटको छैटौ र सातौ चरणमा नेपालले घरेलु मैदानमा चाइनिज ताइपेसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय थियो । विश्व कप छनोटका ८ मध्ये ५ खेल देश बाहिर खेलेको नेपालले बाँकी ३ खेल दशरथ रंगशालामा खेल्ने तयारीमा छ ।

विश्वकप छनोटका ५ खेलमा नेपालले १ मात्र खेलमा चाइनिज ताइपेलाई पराजित गरेको थियो । बाँकी ४ खेल नेपालले गुमाएको थियो । समूहमा १२ अंकसहित अष्ट्रेलिया शीर्षस्थानमा, कुवेत १० अंकसहित दोस्रो, जोर्डन १० अंकसहित तेस्रो, नेपाल ३ अंकसहित चौथो र अंक विहिन चाइनिज ताइपे पुछारमा छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.