default_image

4 years ago

March 7, 2020

माइभ्याली गोल्डकप फाइनल – लिग च्याम्पियन मछिन्द्रलाई आयोजकको चुनौति

दिपक बोहोरा, इलाम माइभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधिको लागी आयोजक टोली र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सानमिगेल मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ । इलाम स्थित ठूलो टुडिखेलमा हुने फाइनल खेलमा दुवै टोलीमध्ये जो विजयी बनेपछि माइभ्यालिमा पहिलो पटक च्याम्पियन बन्नेछ । फाइनलका लागि दुवै टोलीका प्रशिक्षकले तयार रहेको बताएका छन् । […]

43 views

0 Bookmark

दिपक बोहोरा, इलाम

माइभ्याली गोल्ड कप फुटबल प्रतियोगिताको छैटौं संस्करणको उपाधिको लागी आयोजक टोली र सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन सानमिगेल मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

इलाम स्थित ठूलो टुडिखेलमा हुने फाइनल खेलमा दुवै टोलीमध्ये जो विजयी बनेपछि माइभ्यालिमा पहिलो पटक च्याम्पियन बन्नेछ । फाइनलका लागि दुवै टोलीका प्रशिक्षकले तयार रहेको बताएका छन् । फाइनल दिउँसो ३ः०० बजे सुरु हुनेछ ।

लिगपछि झापामा सताक्षी गोल्डकप जितेको मछिन्द्र माइभ्यालीको सेमिफाइनलमा भारतको माने भञ्जाङ फुटबल क्लबलाई हराएको थियो । आयोजक माइभ्यालीले भने लिगको दोस्रो टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

मछिन्द्रलाई घरेलु दर्शक मैदानविरुद्ध खेल्न केहि कठिन हुन सक्छ । आयोजक टोलीले पनि स्टार खेलाडी हेबिवेट टोलीको दवाब महसुस गर्न सक्नेछ । लिग च्याम्प्यिनविरुद्ध अन्य क्लबका खेलाडी समेटेर आयोजक टोलीले चुनौति पेश गर्नेछ ।

जावलाखेल युथ क्लबका विशाल तामाङ, फ्रेन्डस क्लबका देव लिम्बु र ब्रिगेड ब्वाइज क्लबका शिशिर लेखी लगायतको खेलाडीहरु समेटेर टोली बनाएको आयोजक पहिलो पटक उपाधि घरमै राख्न प्रयासरत छ ।

‘फाइनलमा प्रेसरमा हुन्छ । त्यहि माथि घरेलु टिमलाई हराउन सजिलो हुन्न, मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, फाइनल खेल ५०–५० को हो । सोचे जस्तो टोलीको प्रर्दशन भयो भने उपाधि जित्न सक्छौं । घरेलु मैदान र दर्शकमा कुनै दबाब नभएको आयोजक टोलीका प्रशिक्षक दर्शन राजभक्त बताए ।

विभिन क्लबका अनुभवी खेलाडीको समिश्रणमा टोली तयार पारेकोले उपाधि जित्ने उनले विश्वास व्यक्त गरे । गोल्डकपको विजेताले ८ लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.