default_image

6 years ago

March 14, 2020

अजित आहा रारा गोल्डकपका सर्वोत्कृष्ट

204 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अधिकांश व्यक्तिगत अवार्ड च्याम्पियन नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबको खातामा गएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट र उच्च गोलकर्ता बाहेकका सबै व्यक्तिगत अवार्ड मनाङले जितेको छ ।

उपविजेता नेपाल पुलिस क्लबका अजित भण्डारी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले अप्रिलाको स्कुटर जितेका छन् । फाइनलको टाइब्रेरकमा भने अजित गोल गर्न असफल भएका थिए । उनको प्रहारलाई मनाङका गोलकिपर अशोक बरालले रोकेका थिए ।

प्रतियोगितामा मनाङ अशोक बराल उत्कृष्ट गोलकिपर, सुरज विक उत्कृष्ट रक्षक, नितिन थापा उत्कृष्ट मिडफिल्ड, अन्जन विष्ट उत्कृष्ट फरवार्ड र फुजा टोपे उत्कृष्ट प्रशिक्षक चुनिएका छन् ।

समान २ गोल गर्ने पुलिसका भरत शाह र निरकुमार राई, मनाङका अन्जन, रुस्लान थ्री स्टार क्लबका सुशन श्रेष्ठ र आयोजक सहारा क्लबका त्रिदेव गुरुङ उच्च गोलकर्ता बने ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङ छैटौं पटक आहा रारा गोल्डकप जितेको थियो । निर्धारित समय र थप समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

सर्वोत्कृष्ट खेलाडी

अजित भण्डारी (पुलिस)

उत्कृष्ट

गोलकिपर – अशोक बराल (मनाङ)

डिफेन्डर –सुरज विके (मनाङ)

मिडफिल्डर – नितिन थापा (मनाङ)

फरवार्ड – अन्जन विष्ट (मनाङ)

प्रशिक्षक – फुजा टोपे (मनाङ)

उच्च गोलकर्ता (२ गोल) – भरत शाह (पुलिस), अन्जन विष्ट( मनाङ), निरकुमा राई (पुलिस), सुशन श्रेष्ठ (थ्री स्टार), त्रिदेव गुरुङ (सहारा)

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.