default_image

6 years ago

March 15, 2020

आहा रारा गोल्डकप – गतवर्ष भन्दा टिकटबाट झन्डै दोब्बर आम्दानी

175 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)– आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा टिकट विक्रीबाट गत वर्षको तुलनामा यो वर्ष झन्डै दोब्बर आम्दानी भएको छ । गत वर्ष टिकट बाट झन्डै १५ लाख रुपैयाँ संकलन गरेको सहाराले यसपटक २८ लाख भन्दा बढी संकलन गरेको जनाएको छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि पोखरा रंगशाला पुर्ननिर्माण गर्न पुरानो संरचना भत्काइएका कारण गत वर्ष टिकट विक्रीबाट संकलन कम भएको थियो । यसपटक विश्व व्यापी कोराना भाइरसको संक्रमणका कारण परेको असर आहा गोल्डकपमा दर्शक घटेको अनुमान गरिएको छ । यसपटक फाइनलमा बाहेक विगतमा भन्दा दर्शकको संख्या घटेको आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले भने बताए ।

‘राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुद गतिविधि रोक्न परिपत्र गर्नुअघि नै हाम्रो प्रतियोगिता सुरुवात भइसकेको थियो । सुरु भएका प्रतियोगिता रोक्नु नपर्ने भनिएकोले आहा गोल्डकप सम्पन्न भएको छ,’ अध्यक्ष थापाले भने, ‘कोरोनाका कारण धेरै गतिविधि प्रभावित भए । त्यसका वावजुद हामीले सम्पन्न गरेका छौं । निरन्तरता भयो , त्यो पनि ठूलो सफलत हो ।’

२०५८ सालबाट सुरु भएको प्रतियोगिता कुनै पनि संस्करण रोकिएको छैन । शनिबार सम्पन्न १८ औं संस्करणको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा हराउँदै नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लब च्याम्पियन बनेको थियो । यसपटक टिकटबाट कुल संकलन रकमको झन्डै आधा शनिबारको फाइनलमा संकलन भएको थियो ।

झन्डै १० हजारले रंगशाला पुगेर हेरेको फाइनलका लागि ५ हजार ६ सय ८० दर्शकले टिकट किनेका थिए । टिकट दर २ सय ५० को टिकट तोकिएको थियो । फाइनलमा टिकटबाट मात्र १४ लाख २० हजार रुपैयाँ संकलन भएको थियो । तर, क्वार्टरफाइनल, सेमिफाइनलमा भने अपेक्षित दर्शक भएनन् ।
‘गत वर्ष भन्दा यसपटक राम्रो भएको हो । क्वार्टरफाइनल, सेमिफाइनलमा सोचे अनुरुप दर्शक भएनन्,’ अध्यक्ष थापाले भने, ‘तर, फाइनलमा भने उत्साहजनक उपस्थिति रह्यो । हामी उत्साहित छौं ।’ गत वर्ष१ लाख रुपैयाँ मात्र मुनाफा भएको आहा रारा गोल्डकपबाट यसपटक भने बढ्ने सम्भावना छ ।

प्रतियोगिताको मुनाफाबाट क्लबले सञ्चालन गरेको एकेडेमीमा लगानी हुन्छ । अनाथ २४ बालक क्लबको एकेडेमीमा फुटबल प्रशिक्षणसहित अध्ययन गर्दै आएका छन् । एकेडेमीकै उत्पादन मध्येका ६ खेलाडीले यसपटक सहारा क्लबबाट आहा गोल्डकपमा डेब्यू गरेका थिए ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.