6 years ago
March 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबले आइतबार चौथो राजर्षी जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सर्लाहीको बागमतीमा भारत सिलगुढीको कन्चनजंगा एफसीलाई २–१ ले हराउँदै पुलिसले उपाधि जितेको हो । पुलिसको यो वर्षको पहिलो उपाधि हो ।

शनिबार मात्रै पुलिसको अर्को टोली आहा रारा गोल्डकपको फाइनलमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबसँग टाइब्रेकरमा पराजित भएको थियो । त्यसअघि पुलिस गत महिना नवलपुरमा राइनो कप र धरानको बुढासुब्बा गोल्डकपको फाइनलमा पराजित भएको थियो ।
सन्तोष श्रेष्ठ स्मृति मैदानमा आइतबार पुलिसले तीर्थ रानामगर र कप्तान जुमानु राईले गोल गरेका थिए । कन्जनजंगाका लागि अमिरले गोल फर्काएका थिए । खेलको पहिलो मिनेटमा नै पदमले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । उनले झन्डै ३० यार्डबाट गोल गरेका थिए ।
खेलको १२ औं मिनेटमा जुमानुले गोल अन्तरलाई दोब्बर पारेका थिए । पदम भट्टराईको लामो फ्रिकिकमा पेनाल्टी एरियाको लाइनमा रहेका जुमानुले हेडमार्फत फिल्क गर्दै गोल गरेका थिए । १९ औं मिनेटमा अमिरले पेनाल्टी बक्सको ठिक बाहिरबाट गोल गर्दै अन्तर घटाएका थिए ।
पुलिसले उपाधिसहित १० लाख रुपैयाँ र कन्चनजंगाले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो । प्रतियोगिता बागमती नगरपालिका र बागमती युवा क्लबले संयुक्त रुपमा आयोजना गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]