6 years ago
March 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका कप्तान जुमानु राई चौथो राजर्षी जनककप फुटबल प्रतियोगिताको सर्वोेत्कृष्ट खेलाडी घोषित भएका छन् । पुलिसलाई वर्षको उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेको जुमानुले ५१ हजार रुपैयाँ प्राप्त गरे ।

सर्लाहीको बागमतीमा भारत सिलगुढीको कन्चनजंगा एफसीलाई २–१ ले हराउँदै पुलिसले उपाधि जितेको हो । शनिबार मात्रै पुलिसको अर्को टोली आहा रारा गोल्डकपको फाइनलमा नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबसँग टाइब्रेकरमा पराजित भएको थियो । त्यसअघि पुलिस गत महिना नवलपुरमा राइनो कप र धरानको बुढासुब्बा गोल्डकपको फाइनलमा पराजित भएको थियो । ।
सलार्हीका विजय घलान उदियमान खेलाडी घोषित भए र उनले पल्सर मोटरसाइकल प्राप्त गरे । पुलिसका सन्जित श्रेष्ठ उत्कृष्ट गोलरक्षक, कञ्चनजंघाका निवास राना उत्कृष्ट रक्षक, जावलाखेलका रुप बहादुर लामा उत्कृष्ट मिडफिल्डर र पुलिसका तीर्थ राना सर्वाधिक गोलकर्ता बने । पुलिसका सन्जिव जोशी उत्कृष्ट प्रशिक्षक घोषित चुनिए । उत्कृष्ट र सर्वाधिक गोलकर्ताले समान २० हजार रुपैयाँ प्राप्त गरे ।

सन्तोष श्रेष्ठ स्मृति मैदानमा आइतबार पुलिसले तीर्थ र कप्तान जुमानुले गोल गरेका थिए । कन्चनजंगाका लागि अमिरले गोल फर्काएका थिए । खेलको पहिलो मिनेटमा नै पदमले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । उनले झन्डै ३० यार्डबाट गोल गरेका थिए ।
खेलको १२ औं मिनेटमा जुमानुले गोल अन्तरलाई दोब्बर पारेका थिए । पदम भट्टराईको लामो फ्रिकिकमा पेनाल्टी एरियाको लाइनमा रहेका जुमानुले हेडमार्फत फिल्क गर्दै गोल गरेका थिए । १९ औं मिनेटमा अमिरले पेनाल्टी बक्सको ठिक बाहिरबाट गोल गर्दै अन्तर घटाएका थिए ।
पुलिसले उपाधिसहित १० लाख रुपैयाँ र कन्चनजंगाले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो । १२ टोलीको सहभागिता रहेको प्रतियोगिता बागमती नगरपालिका र बागमती युवा क्लबले संयुक्त रुपमा आयोजना गरेका थिए ।
सर्वोत्कृष्ट खेलाडी
जुमान राई (पुलिस) – ५१ हजार रुपैयाँ
उदयीमान सर्लाही खेलाडी
विजय घलान (बागमती) – पल्सर बाइक
उत्कृष्ट
गोलरक्षक – सञ्जित श्रेष्ठ (पुलिस)
डिफेन्डर – निवास राना (कंचनजंघा)
मिडफिल्डर– रुप बहादुर लामा (जावलाखेल)
सर्वाधिक गोलकर्ता – तीर्थ राना (पुलिस)
प्रशिक्षक – सञ्जिव जोशी (पुलिस)
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]