6 years ago
March 16, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) आफ्ना ब्राजिली स्टार नेयमारलाई बेच्न तयार भएको छ । पीएसजीले गत समरमा तोकेको मुल्यमा ५१ मिलियन पाउन्ड कममा नेयमारलाई बेच्न तयार भएको विभिन्न सञ्चार माध्यमहरुमा उल्लेख छ ।

यससँगै नेयमारको मुल्य १३५ मिलियन पाउन्ड हुनेछ । गत समरमा नेयमारको मुल्य १८६ मिलियन तोकिएको थियो । गत समरमा नेयमारलाई फर्काउन स्पेनिस क्लब बार्सिलोनाले प्रयास गरेपनि अन्तिम समयमा मुल्यमा छिनोफानो नहुदा नेयमार पीएसजीमै रहन बाध्य बनेको थियो । पीएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनाद्रो अराउजोले नेयमार बेच्न तयार रहेको उल्लेख गरेका छन् ।

नेयमारको मुल्यमा गिरावट आएसँगै उनलाई पुर्व क्लब बार्सिलोनाले पुनः अनुबन्ध गर्न सक्ने बुझिएको छ । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टमेउ र कप्तान लियोनेल मेस्सीले गत समरमा नेयमारलाई अनुबन्ध गर्न ठुलो प्रयास गरेपनि सफलहुन सकेको थिएन । यसपटक पीएसजीले नै छाड्ने बताइसकेपछि आउदो समरमा नेयमार पुनः स्पेनमा फर्कन सक्नेछ ।

नेयामार २०१७ मा २२२ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । पहिलो सिजन पीएसजीमा खुशी रहेको नेयमार त्यसपछि भने पीएसजीमा खुशी रहन सकेको थिएन । लियोनार्दाेका अनुसार पीएजसी नेयमारलाई बेच्दै अर्का युवा स्टार केलियन एमबाप्पेलाई क्लबमै राख्ने मनासयमा रहनेछ । २८ वर्षीय नेयमारले पीएसजीमा तीन सिजन ८० खेल खेल्दै ६९ गोल गर्नुका साथै ३९ असिस्ट दिएका छन् ।
पीएसजी फ्रेन्च लिग वानको उपाधि नजिक रहँदा युइएफए च्याम्पियन्स लिगको पनि क्वाटरफाइनलमा पुगिसकेको छ । लिग वाननमा पछिल्लो आठ सिजनमा लगातार ७ पटक उपाधि जित्ने अभियानमा रहेको पीएजसीले दोस्रो स्थानमा रहेको मार्सेलीलाई १२ अंकले पछि पारेको छ । लिग उत्तरार्धमा रहँदा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वका सम्पुर्ण खेल गतिविधि ठप्प छ ।
यस्तै नेयमारकै निर्णायक गोलमा पीएसजीले प्रि–क्वाटरफाइनलमा जर्मन प्रतिद्धन्द्धी बोरुसिया डर्टमन्डलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थन बनाएको थियो । डर्टमन्डविरुद्ध गोल गरेपछि नेयमारले नर्वेजियन युवा स्टार अर्लिङ हालान्डको ‘टे«डमार्क’ गोल सेलेब्रेसनको नक्कल गर्दै ‘पेरिस हाम्रो शहर हो, तिम्रो होइन’ भनी हालान्डको मजाक उडाएका थिए । त्यसअघि पहिलो लेगमा हालान्डले पीएसजीविरुद्ध २–१ को जित निकाल्दा गरेको गोलमा ‘डर्टमन्ड हाम्रो शहर हो, तिम्रो होइन’ भनी गोल सेलेब्रेसन गरेका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]