9 years ago
July 27, 2016
नेपाली प्रशिक्षक बालगोपाल महर्जनले प्रशिक्षण दिंदै आएको क्लब ब्रदर्श युनियनले लिगको पहिलो खेलमा बराबरी खेलेको छ ।

बंगलादेश प्रिमिएर लिगको पहिलो खेलमा चटगाँउस्थित एमए अजिज रंगशालामा मंगलबार भएको खेलमा ब्रदर्श युनियनले फेनी सकर क्लबसंग १–१ को बराबरी खेलेको थियो ।
खेलको चौथो मिनेटमै सुनान्त त्रिपुराको गोलबाट अघि बढेको फेनीले हाइटीका स्ट्राइकर अगस्टियन वाल्सनले २७ औं मिनेटमा बराबरी गोल गरेपछि थप गोल गर्न सकेन। पहिलो खेलमा एक अंक जोडेको ब्रदर्शले शनिबार बिजेएमसीसँग खेल्नेछ ।
गत महिना बंगलादेश पुगेका महर्जनले ब्रदर्श युनियनलाई यसअघि फेडेरेसन कपको क्वार्टरफाइनलसम्म पुर्याएका थिए । बंगलादेशी क्लबलाई प्रशिक्षण दिने उनी पहिलो नेपाली प्रशिक्षक हुन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]