default_image

4 years ago

March 18, 2020

युभेन्टसका अर्काे खेलाडीलाई पनि कोरोना संक्रमण

एजेन्सी – इटालियन क्लब युभेन्टसका अर्काे खेलाडीमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । फ्रेन्च मिडफिल्डर ब्लेइस म्याथुइडीलाई पनि मंगलबार मेडिकल परिक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । उनी कोरोना संक्रमण हुने युभेन्टसका दोस्रो खेलाडी हुन् । यसअघि ड्यानियल रुगानीलाई कोरोना संक्रमण भेटिएको थियो । रुगानीलाई कोरोना संक्रमण भेर्टिपछि म्याथुइडीसहित युभेन्टसका […]

51 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्टसका अर्काे खेलाडीमा पनि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ । फ्रेन्च मिडफिल्डर ब्लेइस म्याथुइडीलाई पनि मंगलबार मेडिकल परिक्षण गर्दा उनमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।

उनी कोरोना संक्रमण हुने युभेन्टसका दोस्रो खेलाडी हुन् । यसअघि ड्यानियल रुगानीलाई कोरोना संक्रमण भेटिएको थियो । रुगानीलाई कोरोना संक्रमण भेर्टिपछि म्याथुइडीसहित युभेन्टसका खेलाडीहरु गत बुधबारदेखि सेल्फ आइसोलेसन वार्डमा रहेका थिए ।

क्लबको वेभसाइटमा खेलाडीहरु ११ मार्चदेखि सेल्फ आइसोलेसन वार्डमा रहेको र उनीहरुमाथि निरन्तर निगरानी भइरहने बताएका छन् । उनको स्वस्थमा सुधार भइरहेको क्लबले उल्लेख गरेको छ ।

२०१७ मा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट युभेन्टस पुगेका ३२ वर्षीय म्याथुइडीले यो सिजन युभेन्टसका ३१ खेल खेलिसकेका छन् । म्याथुइडीले युभेन्टसबाट दुई सिरी ‘ए’ उपाधि जितिसकेका छन् । फ्रान्सले २०१८ मा विश्वकपको उपाधि जित्दा म्याथुइडी टोलीका मुख्य सदस्य थिए । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा ६ वर्ष रहँदा म्याथुइडीले विभिन्न १६ उपाधि जितेका छन् ।

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

Success

Thank you for your time.