default_image

6 years ago

March 22, 2020

कोरोना भाइरसबाट रियलका पूर्व अध्यक्षको मृत्यु

186 views

0 Bookmark

एजेन्सी – महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनिस क्लब रियल म्याड्रिडका पूर्व अध्यक्ष लोरेन्जो सान्जको मृत्यु भएको छ । 

उनको उपचारको क्रममा ७६ वर्षको उमेरमा मृत्यु भएको हो । विश्वलाई ‘लक डाउन’ को अवस्थामा पुर्‍याएको कोरोना भाइरसको लक्षण देखिएपछि सान्जलाई यसै साता अस्पतालमा भर्ना गरिएको थियो ।  सान्जका छोरा लोरेन्जोले शनिबार सामाजिक सन्जाल ट्वीटरमार्फत् आफ्ना पिताको मृत्यु भएको पुष्टि गरेका छन् । त्यसपछि रियल र ला लिगाले पनि विज्ञप्ति जारी गर्दै समवेदना प्रकट गरेका थिए ।

‘कोरोना संक्रमणपछि मेरा पिताको मृत्यु भएको छ,’ लोरेन्जोले लेखेका छन् । ‘उनी यस्तो अन्त्यको हकदार थिएनन् । मैले उनी जतिको एक बहादुर र मेहनती मानिस आजसम्म देखेको छैन । उनका लागि रियल र परिवार सबैभन्दा महत्वपूर्ण थियो ।’ सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष रहेका लोरेन्जो मास्टरमाइन्डका रुपमा परिचित थिए ।

उनको कार्यकालमा रियलले दुई पटक युइएफए च्याम्पियन्स लिग र ला लिगा र युरोपियन कप विनर्स कप समान एक–एक पटक जितेको थियो ।
उनकै कार्यकालमा रियलले ३२ वर्षपछि च्याम्पियन्स लिग जित्न सफल भएको थियो । रियलले १९९८ मा च्याम्पियन्स लिग जित्ने क्रममा इटालियन क्लब युभेन्टसलाई पराजित गरेको थियो । त्यसको दुई वर्षपछि पनि रियलले च्याम्पियन्स लिगको ट्रफी जित्न उनी क्लबका अध्यक्ष रहेका थिए ।

त्यतिबेला उनले रियलमा डाभोर सुकर, रोवर्टाे कार्लाेस र निकोलस एनेल्का जस्ता खेलाडीलाई क्लबमा भित्र्याउन सफल भएका थिए । राहउल गोन्जालेज र गुटी पनि टोलीमा रहेका थिए । सान्जका छोरा फर्नान्डोले पनि रियलका लागि १९९६ देखि १९९९ सम्म खेलेका थिए । स्पेनमा हालसम्म २५ हजार ४ सय ९६ जना कोरोना संक्रमित देखिएको छ । मृत्यु हुनेको संख्या १ हजार ३ सय ७८ पुगेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.