default_image

4 years ago

March 22, 2020

मिलान छाड्ने ज्लाटनको घोषणा

एजेन्सी – स्विडिस भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले इटालियन सिरी ‘ए’ क्लब एसी मिलान छाड्ने घोषणा गरेका छन् । यसै विन्टर सिजनमा फ्रि ट्रान्सफरमा ६ महिनाका लागि मिलान आइपुगेका ज्लाटनले अझै तीन महिना बाँकी छँदै क्लब छाड्ने घोषणा गरेका हुन् । यसै साता क्लबले चिफ फुटबल अफिसर जोभोनिर बोवानलाई बर्खास्त गरेसँगै ज्लाटनले पनि क्लब छाड्ने निर्णय […]

26 views

0 Bookmark

एजेन्सी – स्विडिस भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले इटालियन सिरी ‘ए’ क्लब एसी मिलान छाड्ने घोषणा गरेका छन् । यसै विन्टर सिजनमा फ्रि ट्रान्सफरमा ६ महिनाका लागि मिलान आइपुगेका ज्लाटनले अझै तीन महिना बाँकी छँदै क्लब छाड्ने घोषणा गरेका हुन् ।

यसै साता क्लबले चिफ फुटबल अफिसर जोभोनिर बोवानलाई बर्खास्त गरेसँगै ज्लाटनले पनि क्लब छाड्ने निर्णय गरेको बुझिएको छ । बोवानकै पहलमा ज्लाटन पुनः एसी मिलानमा अनुबन्धित भएका थिए । ज्लाटनले यसअघि २०१० देखि २०१२ मा एसी मिलानमा बिताएका थिए ।

क्लबमा आएको तीन महिनामै उच्च प्रदर्शन गरिरहेका कारण क्लबले उनको सम्झौता नवीकरण गर्ने बुझिएको थियो । तर, बोवानको बर्खास्तीसँगै इभ्राहिमोभिचले पनि क्लब छाड्ने निर्णय गरेपछि मिलानका सिइओ इभान गाजिडिसलाई केही असहज महसुस हुनेछ ।

३८ वर्षीय भेट्रान फरवार्ड ज्लाटनले यो सिजन १० खेलमा ४ गोल गरिसकेका छन् । उनी यसै सिजन अमेरिकी क्लब एलए ग्यालेक्सीबाट मिलान पुगेका थिए ।

ज्लाटनले मिलान छाड्ने घोषणा गरेसँगै उनी अर्काे इटालियन क्लब नेपोली जान सक्ने बुझिएको छ । यसअघि मिलानमा सँगै खेलेका र हालका नेपोलीका सहायक प्रशिक्षक जेनारो गाटुसोले उनलाई क्लबमा ल्याउन चाहेको बुझिएको छ । ज्लाटनले नेपोलीमा व्यवस्थापनमै रहेर समेत नयाँ यात्रा सुरुवात गर्ने सम्भावना रहेको छ ।

May 3, 2024

नेपालको ब्रिटिश आर्मी विरुद्ध गोलरहित बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेलेको छ । एल्डरशट स्थित मिलिटरी स्टेडियममा भएको खेलमा नेपालले ब्रिटिश आर्मी टोली विरुद्ध गोलरहित बराबरी खेलेको हो । नेपाली टोली भिसा ढिलो आएका कारण अन्योलमा रहेको खेल अन्त्यमा तालिका अनुसार नै अघि बढेको थियो । खेल अवधिभर नेपाली टोली […]

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

Success

Thank you for your time.