6 years ago
March 22, 2020
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्ना भौतिक संरचना आवश्यक पर्दा अस्थाई क्वारेन्टाइन र आइसुलेसनका लागि उपलब्ध गराउने निर्णय गरेको छ ।

विश्व भर महामारीका रुपमा फैलिरहेको कोराना भाइरस (कोभिड १९) को संक्रमणको असर विश्वका १ सय ५० भन्दा बढी मुलुकमा परेको छ । अहिले सम्म नेपालमा संक्रमित नदेखिएपनि उच्च जोखिममा रहेकाले सतर्कताका लागि सरकारले अव्हान गरिरहेको छ ।
यसै सन्दर्भमा एन्फाले लतिपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटवल, धरानमा रहेको फुटबल एकेडेमीको होस्टल तथा रौतहतको निर्माणाधिन महिला फुटबल एकेडेमीलाई सरकार, प्रदेश सरकार वा स्थानिय निकायले आवश्यकता परेको खण्डमा अस्थाई क्वारेन्टाइन र आइसुलेनका लागि प्रयोग गर्न सक्ने उल्लेख गरेको छ ।
एन्फा प्रवक्ता किरण राईले आइतबार जारी गरेको विज्ञप्तीमा सरकार र विश्व स्वास्थय संगठनले गरेको अपिल अनुसार आधारभूत नियम पालना गर्न पनि एन्फाले आग्रह गरेको छ । कोरानो भाइरसले पार्न सक्ने सम्भावित असरलाई ध्यानमा राख्दै एन्फाले पनि आफ्ना सबै गतिविधि स्थगित गरिसकेको छ ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]