6 years ago
March 23, 2020
एजेन्सी – बेल्जियन तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पुर्व मिडफिल्डर मारोउने फेलाइनी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण हुने पहिलो चिनिया सुपर लिग (सिएसएल) खेलाडी बनेका छन् ।

चिनिया क्लब सानडोङ लुनिङले ३२ वर्षीय फेलाइनीमा कोरोना भाइरसको सकरात्मक लक्षण देखिएको पुष्टि गरेको छ । यससँगै उनी कोरोना संक्रमण हुने पहिलो सिएसएल खेलाडी बनेका छन् । चीनबाटै शुरु भएको कोरोना भाइरसको प्रकोप अहिले विश्वभर फैलिरहेपनि चिनिया खेलाडीहरुमा यसको संक्रमण देखिएको थिएन ।

फेलाइनीको जियान अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमणको पुष्टि भएपछि फेलाइनीले सामाजिक सन्जाल ट्वीटरमा तस्वीरसहित टिम सहयात्री, समर्थक र मेडिकल स्टाफलाई कोरोनासँग सचेत रहन आग्रह गरेका छन् । ‘सबै साथी, ममा कोरोनाको सकरात्मक लक्षण देखिएको छ । मेरा समर्थक, मेडिकल स्टाफ र क्लबका अफिसियललाई मलाई केयर गरेको मा धन्यवाद । म रोगको पुर्ण रुपमा उपचारमा संलग्न हुनेछु । छिट्टै खेलमा फर्कने तयारी पनि हुनेछ । तपाईहरु पनि कोरोनाबाट सुरक्षित रहनुहोस् ।’ फेलाइनीले ट्वीटरका पोस्ट गरेका छन् ।

फेलाइनीका पुर्व क्लब म्यानचेस्टर युनाइटेडले शिघ्र स्वाथ्य लाभको कामना गरेको छ । अब उनी १४ दिन क्वारेन्टाइनमा रहनेछ ।
कोरोना भाइरसको संक्रमण हुन त्रासले सिएसएल खेलाडील चीन छाडेका थिए । अहिले चीनको कोरोना सामान्य बन्दै गएपछि खेलाडीहरु स्वदेश फर्कने क्रम बढेको छ ।

फेलाइनीको टिम सानडोङ लुनिङ पनि केही साता दुवईमा पुगेको थियो । फेब्रुअरी २० मा उनी बेल्जियम, मोरक्को र माल्दिभ्स हुदै चीनमा पुगेका थिए । उनी सिंगापुरबाट सांघाई पुडोङ इन्टरनेसनल एयरपोर्टबाट चीन पुगेपछि परिक्षणको क्रममा उनको संक्रमण पुष्टि भएको हो ।
फेलाइनीले ११ वर्ष इंग्ल्यान्डमा बिताएका थिए । यसक्रममा उनले एभर्टन र म्यानचेस्टर युनाइटेडबाट खेलेका थिए । त्यसपछि उनी २०१९ मा १० मिलियन पाउन्डमा चीनतर्फ लागेका थिए ।

कोरोनाकै कारण अहिले चिनिया लिग स्थगित भएको छ । स्थिति सामान्य बन्दै गएको कारण अर्काे महिनाबाट लिग सुचारु हुने तयारी भइरहेको छ । चीनमा हालसम्म ८१ हजार ५४ जनामा संक्रमण भेटिदा ३२६१ जनाको मृत्यु भइसकेको छ । इटलीमा सबभन्दा धेरै ४ हजार ८ सय २५ जनाको ज्यान गइसकेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]