default_image

4 years ago

March 24, 2020

च्याम्पियन्स र युरोपाको फाइनल अनिश्चित

एजेन्सी – युरोपेली फुटबल महासंघ (यूइएफए) ले युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अनिश्चितकालका लागि स्थगित गरेको छ । विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व फुटबल बन्द अवस्थामा छ । सोही भाइरसका कारण युरोपका लिगको मितिमा प्रभाव देखिएको हो । च्याम्पियन्स लिगको फाइनल ३० मे मा टर्कीको इस्तानबुलस्थित एटाटुरक ओलम्पिक स्टेडियममा खेलाउने […]

25 views

0 Bookmark

एजेन्सी – युरोपेली फुटबल महासंघ (यूइएफए) ले युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अनिश्चितकालका लागि स्थगित गरेको छ ।

विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व फुटबल बन्द अवस्थामा छ । सोही भाइरसका कारण युरोपका लिगको मितिमा प्रभाव देखिएको हो ।

च्याम्पियन्स लिगको फाइनल ३० मे मा टर्कीको इस्तानबुलस्थित एटाटुरक ओलम्पिक स्टेडियममा खेलाउने तय थियो । युरोपा लिग २७ मेमा पोल्यान्डमा हुने तय थियो । यस्तै युइएफएले च्याम्पियन्स लिगसँगै युरोपा लिग र वुमन च्याम्पियन्स लिगको फाइनल समेत स्थगित गरेको जानकारी गराएको छ ।

युइएफएले लिगको वैकल्पिक मिति समेत निर्णय गर्न सकेको छैन । दुवै प्रतियोगिता मेमा सञ्चालन गर्ने तयारी थियो । सरोकारवाला पक्षबीचको बैठक विकल्पहरुको विश्लेषण गरेर निश्चित समयमा मिति घोषणा गर्ने युइएफएले जनाएको छ ।

च्याम्पियन्स र युरोपा लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगको खेल सञ्चालन भइरहँदा कोरोनाका कारण प्रतियोगिता स्थगित गरिएको थियो । गत साता स्पेनिस क्लब एट्लेटिको मड्रिडले डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जर्मन क्लब बोरुसिया डर्टमण्ड, इटालियन क्लब एटलान्टाले स्पेनिस क्लब भ्यालेन्सिया र जर्मन क्लब आरबी लाइप्जिगले इंग्लिस क्लब टोटेनहमलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले स्पेनिस क्लब रियल म्याड्रिड, इटालियन क्लब युभेन्ट्सले फ्रेन्च क्लब लियोन, स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नेपोली र जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब चेल्सीसँग खेल्न बाँकी छ ।
कोरोना भाइरसकै कारण युरोपियन फुटबल एसोसिएसन (युइएफए) ले आगमी जुनलाई तय भएको युरोकप एक वर्षको लागि स्थगित गरिसकेको छ ।

April 30, 2024

भिसा नभएका कारण राष्ट्रिय फुटबल टोली बेलायत उड्न पाएन!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली भिसा नभएका कारण बेलायत भ्रमणका लागि उड्न पाएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार टोलीलाई भव्य समारोहबीच बिदा गरेपनि टोली भिसा नभएको कारण उड्न नपाएको हो । भिसा नआएका कारण मंगलबार विहान ९ बजे उड्ने भनिएको टोली निर्धारित उडान समयसम्म पनि होटेलमै रहेको छ […]

April 30, 2024

बार्सिलोनाको जितमा लेवान्डोस्कीको ह्याट्रिक

एजेन्सी –  बार्सिलोनाले स्पेनिस ला लिगामा सोमबार जित निकालेको छ। रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै बार्सिलोनाले  भलेन्सियालाई ४-२ ले पराजित गरेको हो। बार्सिलोनाको लागि अर्को गोल फेर्मिन लोपेजले गरेका हुन् । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरो र पेपेलुले गोल गरेका थिए। २२ औं मिनेटमा लोपेजको गोलबाट बार्सिलोना अघि लागेको हो। डुरोले २७ औं मिनेटमा बराबरी गोल गरे। […]

April 29, 2024

मनोहरा र खालीबारी विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा सोमबार सम्पन्न खेलमा मनोहरा युनाइटेड युथ क्लब खालीबारी युथ क्लब विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मनोहराले सानेपा क्लब माथि २-१ को जित निकाल्यो । मनोहराका लागि विवस मगर र लिला बहादुर थापा मगरले एक-एक गोल गरे । यस्तै निराजन जंग […]

Success

Thank you for your time.