default_image

6 years ago

March 24, 2020

हड्सन र अर्टेटा कोरोनामुक्त

155 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब चेल्सीका युवा विङ्गर कलुम हड्सन ओडोई र अर्काे इंग्लिस क्लब आर्सनलका मुख्य प्रशिक्षक मिकेल अर्टेटा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन् । 

कोरोनाको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका प्रशिक्षक अर्टेटाले आफु कोरोनाबाट मुक्त भएको बताएका छन् । स्पेनिस टेलिभिजनसँग कुरा गर्दै अर्टेटाले कोरोना भाइरसबाट मुक्त भएको र अहिले निकै राहत महसुस भइरहेको बताए ।

‘कोरोनाको लक्षणले छोड्दा मलाई बढी राम्रो महसुस भईरहेको छ । अब मलाई निको भएको जस्तो लाग्छ ।’ अर्टेटाले भने । अर्टेटालाई गत मार्च १२ मा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । अर्टेटालाई कोरोना देखिएपछि आर्सनलका खेलाडीहरु पनि आइसोलेसनमा बसेका थिए ।

यस्तै चेल्सीका कलुम हड्सन ओडोई पनि कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको क्लबले जनाएको छ । ‘सेल्फ क्वारेन्टाइनपछि हड्सनले अहिले निकै राम्रो अनुभव गरिरहेको छ । यो उनी र चेल्सीको लागि सुखद समाचार हो । हाम्रा किशोरले कोरोना पार गरेका छन् । उनी अहिले फिटनेसको स्तर बढाउदैछ । अप्रिल ३० सम्म खेल स्थगित छन् । अब उनी मैदान फर्कन तयार छन् ।’ चेल्सीको आधिकारिक वेससाइटमा उल्लेख छ ।

कोरोनाबाट मुक्त भएसँगै हड्सनले स्वास्थ्यको अनुसरण गरेको र यो दुई साता सबैबाट अलग रहेको बताउदै अब छिट्टै सबैलाई भेट्ने र मैदान फर्कने इच्छा रहेको बताएका छन् । हड्सन कोरोना संक्रमण हुने पहिलो स्टार खेलाडी हुन् । १९ वर्षीय हड्सनले यो सिजन फ्रान्क लाम्पार्डको प्रशिक्षणमा मौका पाइरहेका छन् । उनले २५ खेलमा ३ गोल गर्नुका साथै ५ असिस्ट दिएका छन् ।

‘हाम्रो युवा विङ्गरले अहिले कोरोनाबाट मुक्त हुदै आफ्नो फिटनेसको लागि घरमै प्रशिक्षण गरिरहेका छन् । जसरी चेल्सीका अन्य खेलाडीहरुले पनि घरमै फिटनेस गरिरहेका छन् ।’ चेल्सीका प्रशिक्षक लाम्पार्डले भने, ‘उनले एक साता अघिदेखि नै आफुलाई राम्रो महसुस भइरहेको हामीलाई बताएका थिए । मलाई कलुमको मामलामा यो भन्न खुशी लागेको छ कि, यनले अहिले ठुलो प्रगति गरेको छ । उनले अहिले सामाज्य महसुस गरिसकेका छन् । जुन हामीले सुन्न चाहेको खवर हो ।’

यस्तै प्रशिक्षक लाम्पार्डले आफसँगै क्लबका अन्य सदस्य पनि कोरोनाबाट सजग रहेको बताउदै फुटबल खेल र समुदायलाई जिम्मेवारीपुर्वक कार्य जारी राख्न अनुरोध गरेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.