default_image

6 years ago

March 25, 2020

सुनिल र मेस्सीसहित फिफाको भिडियो सन्देश

175 views

0 Bookmark

एजेन्सी – भारतीय फुटबल स्टार एवं राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री, अर्जेन्टिनी फरवार्ड लिअनल मेस्सी लगायत स्टारहरुले फिफाले कोरोना भाइरस कोभिड १९ विरुद्ध जनचेतना जगाउन भिडियोमा सन्देश दिएका छन् । विश्वभरका वर्तमान र पूर्व खेलाडी गरि २८ जनाले सन्देश दिएका छन् ।

विश्व फुटबल महासंघ (फिफा) ले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगको सहकार्यमा कोरोनाबाट बच्नका लागि अभियान चलाउने तयारी गरिरहेको छ । जसमा विश्वका चर्चित वर्तमान र पूर्व खेलाडीहरुलाई प्रयोग गर्न लागिएको छ । कोरोनाको संक्रमणबाट जोगिनका लागि ५ वटा उपाय सो भिडियो सन्देशमार्फत दिइने बताइएको छ ।

भिडियोमा पास द म्यासेज टु किक आउट कोरोना भाइरस भन्ने सन्देश रहेको छ । भिडियोमा डब्लूएचओको मार्गनिर्देश अनुसार हात धुन, खोक्दा सदाचार अपनाउन, अनुहारमा नछुन, शारीरिक दूरी र घरमै बस्न आग्रह गरिएको छ । यस्तो भिडियो सन्देश १३ भाषामा निर्माण गरिने जनाइएको छ । जसमा २८ खेलाडी प्रयोग गरिने बताइएको छ ।

जसमा क्षेत्रीसँगै फुटबलका चर्चित मध्येका एक लियोनल मेस्सी, विश्व कप विजेता फिलिप लाहम, इकर कासिलास र कार्लोस पुयोल प्रयोग हुने बताइएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यो कोरोना भाइरसको महामारी विरुद्धको सन्देश दिनका लागि सुरुवातबाट सक्रिय भएका थिए ।

फिफा कोरोना भाइरसविरुद्धको अभियानमा सातमा रहेको मात्रै होइन आर्थिक हिसाबले पनि सहयोगी बनेको छ । यो अभियानमा फिफा हामीसँगै छ । यसले विश्वभर यसका विरुद्धसँगै लड्नका लागि सन्देश दिनेछ, डब्लूएचओकाका प्रबन्ध निर्देशक टेड्रोस अडानोम घिब्रेयसुले भने ।

फिफाले डब्लूएचओको कोभिड १९ विरुद्धको अभियानका लागि १० मिलियन डलर आर्थिक सहयोग गरिसकेको छ । ‘हामीले संयुक्त रुपमा काम गर्नुपर्ने हुन्छ । स्वास्थ्य पहिलो प्राथमिकता हो’ , इन्फान्टिनोले भनेका छन्, ‘हामी विश्व व्यापी रुपमा एकबद्ध छौं र सन्देश दिन चाहान्छौं । त्यसैमा हाम्रा उत्कृष्ट खेलाडीहरुले त्यो सन्देशमा साथ दिदैछन् ।’

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.