default_image

4 years ago

March 25, 2020

‘मेस्सीभन्दा रोनाल्डो सर्वश्रेष्ठ’ : पेले

एजेन्सी – आधुनिक फुटबलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सीबीच को सर्वाेत्कृष्ट भन्ने बहस भइरहेको छ । तर, को उत्कृष्ट भन्ने छुट्याउन निकै कठिन रहेको छ । एक पक्ष रोनाल्डो उत्कृष्ट रहेको बताइरहँदा अर्काे पक्ष मेस्सी उत्कृष्ट रहेको बताउछन् । केहि फुटबलप्रेमी दुवै खेलाडीको प्रशंसा गर्दै पनि भेटिन्छन् ।  पछिल्लो १२ वर्षमा रोनाल्डो र […]

118 views

0 Bookmark

एजेन्सी – आधुनिक फुटबलमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनेल मेस्सीबीच को सर्वाेत्कृष्ट भन्ने बहस भइरहेको छ । तर, को उत्कृष्ट भन्ने छुट्याउन निकै कठिन रहेको छ । एक पक्ष रोनाल्डो उत्कृष्ट रहेको बताइरहँदा अर्काे पक्ष मेस्सी उत्कृष्ट रहेको बताउछन् । केहि फुटबलप्रेमी दुवै खेलाडीको प्रशंसा गर्दै पनि भेटिन्छन् । 

पछिल्लो १२ वर्षमा रोनाल्डो र मेस्सीले ११ बालोन डिओर बाँडेका छन् । यसले पनि आधुनिक फुटबलमा रोनाल्डो कि मेस्सी को उत्कृष्ट भन्ने बहसलाई छुट्याउन कठिन बनाएको छ । यसबीचमा विश्व फुटबलका महान हस्ती ब्राजिली लेजेन्ड पेलेले आधुनिक फुटबलका दुई हस्ती रोनाल्डो र मेस्सीको बारेमा आफ्नो राय राख्दै मेस्सीभन्दा रोनाल्डो सर्वश्रेष्ठ रहेको बताएका छन् ।

‘मेस्सीले ६ पटक बालोन डि ओर जितेका छन् । रोनाल्डोले पाँचपटक जितेका छन् । तर, आजको अवस्थामा रोनाल्डो नै आधुनिक फुटबलको सर्वश्रेष्ठ खेलाडी हो । म रोनाल्डोको पक्षमा छु ,’ पिलहाडोसँगको कुराकानीका क्रममा पेलेले भने, ‘मलाई लाग्छ रोनाल्डो उत्कृष्ट छन् । उनी एकदमै छरिता छन् । तर, हामीले मेस्सीलाई बिर्सनुहुन्न । उनी पनि आधुनिक फुटबलले पाएको उत्कृष्ट फरवार्ड हुन् ।’

७९ वर्षीय पेलेले रोनाल्डो सर्वश्रेष्ठ रहेपनि आफू र मेस्सीबीच केही तथ्यहरु मिल्न सक्ने बताए । ‘हिजो र आजको तुलना गर्दा सबै आ–आफ्नो समयमा उत्कृष्ट रहेको र त्यतिबेला आफु आफै उत्कृष्ट थियो । यो पक्कै पनि गाह्रो प्रश्न हो । जसले राम्रो खेल्यो उही नै उत्कृष्ट बन्ने हो । तर, हामीले जिको, रोनाल्डिन्हो र रोनाल्डोलाई भुल्नुहुदैन । युरोपमा फ्रान्ज बेकेनबोउर र योहान क्राएफलाई भुल्नुहुदैन,’ पेलेले भने ।

पेले पछिल्लो महिनायता हिपको अपरेशनपछि उनी पुरानो अवस्थामा फर्कन संघर्ष गरिरहेका छन् । पेलेले आफ्नो स्वास्थ ठीक हुदै गइरहेको बताएका छन् । छोरा इडिन्होले बुवा पेले घरबाट निस्कन अप्ठेरो मान्ने र यसले निराश निम्त्याएको बताएका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.