6 years ago
March 26, 2020
विज्ञ विशेष
आविष्कार पुडासैनी
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले संसारको सबै क्षेत्र ठप्प छन् । यस प्रकोपका कारण विभिन्न देशहरुले लकडाउन अथवा अन्य उपाय अपनाउँदै भाइरस संक्रमणमा रोकथाम गर्ने प्रयास गरिरहेका छन् । विश्व खेलकुद जगत पनि यस प्रकोपबाट अछुतो रहेको छैन ।

नेपालको खेलकुद जगत पछिल्लो सातादेखि निष्क्रिय नै छ । सामाजिक पृथकीकरणले गर्दा मानिसहरु समुहमा जम्मा हुन पनि निषेध गरिएको अवस्थामा खेलकुद ठप्प हुनु स्वभाविक हो । यस्तो अवस्थामा खेलाडीले दर्शकमाझ खेल्ने त टाढाको कुरा नियमित प्रशिक्षण समेत गर्न नपाएको अवस्था छ । आफ्नो खेलविशेष प्रशिक्षणमा बाधा आएपनि शारीरिक रुपमा भनेकेहि हदसम्म व्यक्तिगत तबरबाट प्रयास गर्न सकिन्छ । यद्यपि शारीरिक रुपमा मात्र नभएर आर्थिक रुपमा पनि खेलाडीले यसले असर भने पारेको छ ।
व्यायामशाला, फुटसल, लगायत केन्द्रहरु बन्द हुँदा घरमै बसेर खेलाडीहरुले आफ्नो प्रयास गर्न सक्छन् । सानो क्षेत्रफलमा गर्न सकिने अभ्यास विधि अपनाएर खेलाडीले आफूलाई चुस्त राख्नु अहिलेको आवश्यकता हो । आफ्नो शरीरको मागअनुसार नै कसरत गर्न सकिन्छ । शरीरका विभिन्न मांशपेशीलाई नियमित रुपमा चलायमान राख्न पनि खेलाडीहरुले नियमित अभ्यास गर्नु अपरिहार्य छ । विशेषगरि क्यलिस्थेनिक विधि अपनाएर यो समयको सदुपयोग गर्न सकिन्छ । यसका लागि इन्टरनेटमा विभिन्न अभ्यास विधि राखिएको छ ।
शारीरिक व्यायामबाहेक खेलाडीहरुले यो समयमा पुस्तक पढ्ने, विभिन्न विधासँग सम्बन्धित वृत्तचित्र हेर्ने जस्ता कार्यले मानसिक रुपमा पनि सबल बन्न सकिन्छ । यस्तो कार्यले आत्मबल बढाउन पनि सहयोग पुग्छ । फुर्सदको समय सदुपयोग सँगै मानसिक विकासमा पनि यसले सकारात्मक भूमिका खेल्छ ।

यस समयमा खेलाडीहरुले आफ्नो नियमित खानपिनमा विशेष ध्यान पुर्याउन जरुरि छ । ज्यादा शारीरिक कसरत नहुने र खानपिन मात्र हुँदा शारीरिक बनोट र फिटनेसमा नकारात्मक प्रभाव पर्न सक्छ । यस समयमा आफ्नो खानामा के-कतो सन्तुलन ल्याउने त्यो पहिल्याउन आवश्यक छ । यसबाहेक फुर्सदको यस समयमा खेलाडीले घरपरिवारसँग धेरै भन्दा धेरै समय बिताउन पाउँछन् । यसले मानसिक तन्दरुस्ती कायम गर्न मदत गर्छ ।
यो समयलाई खेलाडीले अफ सिजन भन्दापनि प्रि-सिजनका रुपमा लिन आवश्यक छ । यस विकराल परिस्थिति अन्त्य भएलगत्तै खेल गतिवधि नियमित संचालन हुने कारण आफूलाई उच्च विन्दुमा कायम राखीरहन पर्छ । खेलाडीले यो समयमा आफ्नो शारीरिक र मानसिक तन्दरुस्तीमा ध्यान दिने हो भने पछि खेल गतिवधिमा विपक्षीको तुलनामा फाइदा पक्कै मिल्नेछ ।

फुर्सदको यस समयलाई आफ्नो खेलको अध्ययन गर्न पनि खर्चन सकिन्छ । आफ्नो विगतको गतिवधि अध्ययन गरेरे के-कस्तो कमि कमजोरी छ त्यसलाई औंल्याउन पनि सकिन्छ । त्यसबाहेक आफ्नो निकटतम प्रतिस्पर्धीको खेल अध्ययन गर्नु पनि लाभादायिक हुनसक्छ । नियमित रुपमा आफ्नो सहकर्मी तथा प्रशिक्षकसँग सम्पर्क राख्नु पनि आवश्यक छ । यसो गर्नाले एक अर्कासँग सम्बन्ध सुदृढ त हुन्छ नै, एक आपसमा एकताको भावले टोलीको मनोबल पनि उच्च हुन्छ ।
खेलाडीका लागि यो समय पक्कैपनि सहज छैन । तर सहि निर्णय लिने हो भने कठिन देखिने यस समयलाई पनि सदुपयोग गरेर आफूलाई थप सुधार्न प्रयोग गर्न सकिन्छ । यसका लागि खेलाडीले आफ्नो तर्फबाट शत प्रतिशत मिहिनेत गर्नुपर्छ ।
– पुडासैनी हाल राष्ट्रिय पुरुष फुटबल टोलीका फिजियो हुन् । पछिल्लो दुई वर्षदेखि नेपाली खेलकुदमा आवद्ध पुडासैनीले आचार्य इन्स्टिच्युट अफ हेल्थ साइन्स, भारतबाट ब्याचलर इन फिजियोथेरापी पूरा गरेका हुन् । उनले फिफा, एएफसी लगायत अन्य संघसंस्थाले आयोजना गरेको सेमिनारमा पनि सहभागिता जनाएका छन् ।
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]