default_image

4 years ago

March 29, 2020

कोरोनाविरुद्ध रामोस र पिकेको सहयोग

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्व नै आक्रान्त छ । सामान्य हुने कुनै छाटकाट नै छैन । दिनानुदिन बढ्दो क्रममा रहेको छ । यसबाट विश्वको खेलकुद गतिविधि नै ठप्प छ ।  खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा व्यस्त छ । आफ्नो देशमा कोरोनाले प्रभाव पारिरहँदा खेलाडीहरुको मन थामिएको छैन । उनीहरुले आफुले सक्नेजति सहयोग गरिरहेका […]

32 views

0 Bookmark

एजेन्सी – कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्व नै आक्रान्त छ । सामान्य हुने कुनै छाटकाट नै छैन । दिनानुदिन बढ्दो क्रममा रहेको छ । यसबाट विश्वको खेलकुद गतिविधि नै ठप्प छ । 

खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा व्यस्त छ । आफ्नो देशमा कोरोनाले प्रभाव पारिरहँदा खेलाडीहरुको मन थामिएको छैन । उनीहरुले आफुले सक्नेजति सहयोग गरिरहेका छन् । अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले आफु हुर्किएको स्पेनको क्याटलान क्षेत्रलाई सहयोग प्रदान गर्दा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पनि लिस्वन क्षेत्रलाई सहयोग प्रदान गरेका छन् ।

कोरोनाविरुद्धको सहयोगमा केलियन एमबाप्पे, डेभिड हे गेयालगायत अन्य खेलाडीहरुको नाम जोडिदा स्पेनका स्टार खेलाडीहरु सर्जियो रामोस, जेरार्ड पिके र सेन्टी कार्जाेलाको नाम पनि सहयोग प्रदान गर्नेमा जोडिएको छ । स्पेन तथा रियल म्याड्रिडका कप्तान रामोस, बार्सिलोनाका जेरार्ड पिके र भिल्लारियलका सान्टि कार्जाेलाले शनिबार आयोजना भएको ला लिगा सान्तडरफेस्टमार्फत सहयोग रकम जुटाएका हुन् ।

कोभिड–१९ विरुद्ध संगीत र फुटबल भन्ने नारा दिइएको यस कार्यक्रमले स्पेनका केही लोकप्रिय कलाकार र फुटबल स्टारहरुको संयोजन गरेको थियो । जसबाट ५७० मिलियन पाउन्ड रकम संकलन भएको दावी गरिएको छ । यसबाट संकलित रकम मेडिकल सामग्री खरिदका लागि प्रयोगमा आउनेछ ।

रामोस, पिके र कार्जाेला भिडियो कन्फ्रेसमार्फत सांगितिक कार्यक्रममा जोडिएर सहयोगको घोषणा गरेका हुन् । उनीहरुसँग स्पेनका पुर्व अन्तर्राष्ट्रिय खेलाडी फर्नान्डो मोरिएन्टेज, रियल सोसिडाडका एसियर इललारामेन्डी र रियल म्याड्रिडका लुकास भास्क्वेज पनि जोडिएका थिए ।
स्पेन कोरोनाबाट प्रभावित युरोपको दोस्रो राष्ट्र हो । स्पेनमा संक्रमणको सङ्ख्या ७३ हजार नाघिसकेको छ । ५ हजार ९ सय बढीले ज्यान गुमाइसकेका छन् ।

कोरोनाकै कारण स्पेनमा अप्रिल ३० सम्मको फुटबल स्थगित गरिएको छ । १८ अप्रिलमा तय भएको एथ्लेटिको बिल्वाओ र रियल सोसिडाडबीचको कोपा डेल रेको फाइनलसमेत पछि धकेलिएको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.