6 years ago
April 4, 2020
कप्तान कथन
दीपक अमात्य, राष्ट्रिय फुटबल टोली (पूर्व कप्तान)
अहिले म अमेरिकामा छु । हामी जस्ता मध्यमवर्गीय नेपालीको सपनाको देश । मेरो बाल्यका पनि फुटबल खेल्ने संघर्षमा बित्यो । हुन त हाम्रा समाकालीन प्रायः सबै खेलाडीको संघर्षको कथा व्यथा एउटै जस्तो छ । खेलेर बाँच्न नसक्ने युगका प्रतिनिधि पात्र हौं, हामी । हामीपछिका भाईहरुले फुटबल खेल्न सम्भवत, त्यति संघर्ष पनि गर्नुपरेन पनि होला ।

मलाई जीवनमा खेलेर अत्याधिक खुसी लागेको सन् १९९३ को छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेको क्षण नै हो । त्यो क्षण सम्झिँदा अहिले पनि मनमा काउकुति लाग्छ । १९९५ को मद्रास दक्षिण एसियाली खेलकुदमा भने हामी सेमिफाइनलमा नै हार्यौं । त्यसपछि नेपाली फुटबलमा अन्तर्राष्ट्रिय उपाधिको खडेरी नै पर्यो ।
हामा सिनियर खेलाडीहरु विगतका रवाफकै आधारमा टोलीमा पर्न खोज्ने अनि देश विदेश घुम्नैपर्ने । त्यही कारणले होला राष्ट्रिय टोलीको प्रदर्शन दिनैपिच्छे खस्कँदै गयो । सोही समयमा अर्थात् १९९७ मा दोस्रो साफ च्याम्पियनसिप नेपालमा नै आयोजना भयो । सो प्रतियोगितामा श्रीलंकाविरुद्धको खेलमा उत्तराद्र्धमा मैले पहिलो पटक कप्तानको ब्यान्ड आफ्नो हातमा लगाएँ र गोल पनि गरेँ । त्यतिमा पनि अति खुसी लाग्यो ।
त्यसपछि भने नेपालले त्यति मात्रामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितासमेत जनाएन । तैपनि, विदेशी प्रशिक्षकहरु भित्र्याएर प्रशिक्षण दिन भने एन्फाले कन्जुस्याइँ गरेन । ब्रिटिस मूलका ग्रहाम रोबर्टदेखि ब्राजिल, जर्मनी, रुस र कोरियाका प्रशिक्षकहरु नेपाल आए । उनीहरुकै अग्रसरतामा जसरी पनि टोलीमा पर्न खोज्ने पाका खेलाडी पाखा लगाइए ।

अनि १९९७ भित्र त मेरो समकालीन वा जुनियर भाइहरु मात्रै राष्ट्रिय टोलीका सदस्य थियौं । त्यही समयमा मेरो नेतृत्वमा सिक्किममा आयोजना हुने प्रतिष्ठित गभनर्स गोल्डकपमा खेलियो । १९९७ र ९८ मा मुकुललाई सो प्रतियोगिताको उपाधि दिलाउँदा एउटा कप्तान मात्र नभएर खेलाडीका रुपमा समेत म निकै उत्साहित भएँ ।
मैले गोवामा सम्पन्न साफ च्याम्पियनसिप र एसियाली खेलकुदमा समते कप्तानको जिम्मेवारी सम्हालेँ । ती दिननहरुले मलाई सधै गौरवशाली महसुस गराउँछ । सम्झँदा नै निकै खुसी र उत्साहित बन्छु । गर्व महसुस हुन्छ । छैटौंँ दक्षिण एसियाली खेलकुदमा राष्ट्रलाई स्वर्ण पदक दिलाउँदा जति खुसी भएको थिएँ ।
१९९९ मा काठमाडौंमै सम्पन्न आठौं दक्षिण एसियाली खेलकुदमा दोस्रो हुँदा त्योभन्दा बढी दुःख लाग्यो । फाइनलमा बंगलादेशसँग व्यहोरेको पराजयले अहिले पनि कहिलेकाहीँ चसक्क पीडा गराउँछ । त्यो पीडा म कहिल्यै बिर्सन सक्दिनँ । आठौं साफ खेलकुदपछि तत्काल त्यही स्तरका कुनै प्रतियोगिता हुने र नेपाल सहभागी हुनृ संकेत देखिएन । अनि युवाका लागि ठाँउ खाली गरिदिनुपर्छ भन्ने सोच पनि मनमा पलायो ।
नयाँ आउने भाइहरुप्रति कहिल्यै अविश्वास लागेन । उनीहरुले मुलुकलाई हामीभन्दा पनि सफलता दिलाउनेछन् भन्ने विश्वास थियो नै । अनि देश विदेश घुमिरहने रहर पनि थिएन र घुम्नका लागि मात्रै टोलीमा टिकिरहनुपर्छ भन्ने भावना पनि कहिल्यै मनमा पलाएन । त्यसैले २००२ मा खेलाडी जीवनबाट सन्न्यास लिएँ ।

तत्कालीन अधिराजकुमार नीराजनबाट ब्लेजर पहिरिएर रंगशाला छाड्दा जीवनले अर्कै कथा कोर्दै छ भन्ने ज्ञान पनि थिएन । तर, मुलुकका लागि कही गर्न सकेको भावना भने मरेको थिएन । समय चलायमान रहेछ । आखिर खेलाडी जीवनपछि पनि बाँच्न आधार पहिल्याउन सकिनँ, अनि विदेश भासिएँ । कुनै रहरले होइन, बाँच्ने बाध्यताले । तैपनि, म जहाँ बसुँ राष्ट्रप्रतिको मायामा कहिल्यै कमी आउँदैन । यो मेरो विश्वास हो ।
जीवनको ठूलो अंश मैले नेपालको फुटबललाई नै समर्पित गरेँ । अनि जहाँ रहे पनि रगतमा नेपाली फुटबल नै बगिरहँदोरहेछ भन्ने थाहा पनि पाएँ । त्यसैले जहाँ बसे पनि नेपालको फुटबलको चिन्ताले कहिल्यै छाड्दैन । मेरो चिन्ता सधैँ नेपाली फुटबलको प्रगतिका लागि नै हुनेछ ।
साभार– फुटबलर्स मिसन टुगेदर्सले प्रकाशित गरेको फुटबलरको समर्पण फुटबलरलाई नामक स्मारिकाबाट गरिएको हो । मिसनसँग हाम्रो खेलकुद डटकमले अनलाइन सहकार्य गरेकाले आउने दिनमा स्मारिकामा रहेका अन्य लेख क्रमश: प्रकाशित हुनेछ ।
December 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ र भारतको इस्ट बंगाल एफसी दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा आज खेल्दैछन् । फाइनल पुगिसकेका यी दुई टोलीबीच आज हुने खेलफाइनलअघिको तयारको रुपमा रहनेछ । लिग चरणको अन्तिम खेलअघि नै एपिएफ र इस्ट बंगालले फाइनलमा स्थान सुरक्षित गरेका थिए। एपिएफले खेलेका ३ मध्ये २ मा जित र १ मा […]
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]