काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर जगजित श्रेष्ठको उच्च प्रदर्शनबाट प्रेरित अस्ट्रेलियाको ह्युम युनाइटेडले लगातार तेस्रो खेल जित्ने क्रममा खतरामा रहेको सनबुरी एफसीलाई ४–१ ले हराए छ ।
ह्युमको फेसबुक पेजमा उल्लेख भएअनुसार डेलफिन र लियोनको समान २ गोल थियो । आफै गोल नगरेपनि जगजितले डेलफिनको दुवै गोलमा पास निकालेका थिए । जगजितले खेलेयता ह्युम भिक्टोरिया स्टट लिग २ मा ह्युम पराजित भएको छैन । जगजितले आफ्नो पहिलो खेलमा २ र दोस्रो खेलमा १ गोल गरेका थिए ।