default_image

4 years ago

April 19, 2020

‘इब्राहिमोभिच पनि मेस्सी र रोनाल्डोकै स्तरका फरवार्ड’

एन्जेसी – स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिच लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरको फरवार्ड भएको दाबी प्रशिक्षक रोर्बेटो मान्चिनीले बताएका छन् । स्विडेनका पूर्व कप्तानले विश्वका उत्कृष्ट क्लबहरु जस्तै इन्टर मिलान, पेरिस सेन्ट जर्मेन, एसी मिलान, बार्सिलोना र म्यानचेस्टर युनाइटेडबाट खेलिसकेको छन् । चार अलग देशमा लिग उपाधि उचालेका इब्राहिमोभिचले आफ्नो खेल जीवनमा ३३ उपाधि जितिसकेका […]

43 views

0 Bookmark

एन्जेसी – स्विडिस फरवार्ड ज्लाटान इब्राहिमोभिच लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोकै स्तरको फरवार्ड भएको दाबी प्रशिक्षक रोर्बेटो मान्चिनीले बताएका छन् ।

स्विडेनका पूर्व कप्तानले विश्वका उत्कृष्ट क्लबहरु जस्तै इन्टर मिलान, पेरिस सेन्ट जर्मेन, एसी मिलान, बार्सिलोना र म्यानचेस्टर युनाइटेडबाट खेलिसकेको छन् । चार अलग देशमा लिग उपाधि उचालेका इब्राहिमोभिचले आफ्नो खेल जीवनमा ३३ उपाधि जितिसकेका छन् । उनले देश र क्लबका लागि खेल्ने क्रममा ९ सय १४ खेलमा ५ सय ४० गोल गरिसकेका छन् । उनको खेल जीवनमा पनि लामो भइसकेको छ ।

३८ वर्षीय इब्रा अहिले पनि माथिल्लो स्तरको फुटबल खेल्ने क्रममा इटालियन क्लब एसी मिलानमा आबद्ध छन् । मेस्सी र रोनाल्डोले युरोपियन फुटबलमा दबदबा कायम गरेका छन् । उनीहरु दुवैले गरेर ११ पटक बालोन डी ओर उपाधि जितेका छन् । मान्चिनीले इब्राहिमोभिच पनि मेस्सी र रोनाल्डोकै स्तरमा राख्न मिल्ने खेलाडी हुन् र उनी पनि सर्वकालिन उत्कृष्ट फुरवार्डका रुपमा भविष्यमा स्मरण गरिने बताए ।

‘म इब्राहिमोभिचलाई पनि मेस्सी र रोनाल्डोकै स्तरमा राख्छु । उनी जहाँ गएका छन् त्यहाँ लिग उपाधि जितेका छन् । गोल पनि त्यसरी नै गर्छन्’, उनले भने, ‘यो सिजन मिलानमा पनि उनले राम्रो गरेका छन् । यो उमेरमा पनि उनले उच्च स्तरको फुटबललाई निरन्तरता दिएका छन् । तर मलाई थाहा छैन भविष्यका बारेमा उनको के योजना छ ।’

मेस्सी र रोनाल्डोले पछिल्लो दशक विश्व फुटबलमा दबदबा कायम गरेका छन् । इब्राहिमोभिच यसबीचमा एकपटक मात्र ब्यालोन डी ओरको शीर्ष ४ स्थानमा पर्न सफल रहेका छन् । सन् २०१३ मा उनी चौथो स्थानमा रहँदा रोनाल्डो, मेस्सी र फ्रान्क रिबेरीभन्दा पछि थिए । हाल मिलानमा ६ महिनाको सम्झौता गरेका इब्रहिमोभिच त्यसपछि कता जाने यकिन छैन । उनले मिलानमा १० खेलमा ४ गोल गर्नुका साथै १ एसिस्ट गरिसकेका छन् ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.