default_image

9 years ago

August 2, 2016

बिमलले भोलीबाट राष्ट्रिय टोलीबाट प्रशिक्षण सुरु गर्ने

158 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –एएफसि कपको तयारीमा रहेको थ्री स्टार क्लबसँग फिटनेसकालागी प्रशिक्षण गर्दै गरेका बिमल बुधवारबाट राष्ट्रिय टोलीबाट बाट पुन: प्रशिक्षण सुरु गर्ने छन् ।

आफ्नो औपचारिक फेसबुकमा बिमलले भोलीबाट प्रशिक्षण सुरु गर्ने कुरा खुलाएका हुन् ।

“भन्छन् समयले घाउ निको पार्छ तर यो चोट निकै ठूलो छ । आज आमाको माया र हजुरहरुको साथले मैदानमा फर्केको छु ।भोलिबाट देशकोलागि खेल्न राष्ट्रिय टोलिबाट प्रशिक्षण पुन: सुरु गर्दै छु ।” , बिमल घर्ती मगर

आफ्नो बहिनी मनिशाको निधन पछी बेल्जियमबाट नेपाल फर्किएका बिमल करिब २ महिना भन्दा धेरै समय देखी फुटबल खेलेको थिएनन्  ।

बाङ्लादेशसँगको मैत्रीपूर्ण खेल रद्द भए पछी नेपाली फुटबल टोली भावी खेलकोलागी प्रशिक्षण गर्दै छ ।

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

Success

Thank you for your time.