9 years ago
August 2, 2016
काठमाडौं (हाम्रो खेलकुद)– तीन पदाधिकारीसहित चार जनाको पूर्नबहालीपछि पहिलो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) ले साउनको ३२ गते कार्यसमिति बैठक डाकेको छ । तीन उपाध्यक्ष र एक सदस्यलाई जेठ १९ गते पुर्नबहाली गरेयता एन्फाको बैठक बसेको थिएन । विश्व फुटबल महासंघ (फिफा) को निर्देशन पुर्नबहाली गरिएका तीन उपाध्यक्ष किशोर राई, कर्माछिरिङ शेर्पा, विजयनारायण मानन्धर तथा सदस्य पंकज नेम्बाङलाई साउन अन्त्यको बैठकमा पत्र पठाइएको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए ।

फिफा बर्खास्त पदाधिकारीको पुर्नबहालीसँगै एन्फा अध्यक्षको निर्वाचनका लागि समेत निर्देशन दिएको थियो । त्यसैको कार्यन्वयनका लागि एन्फाले बैठक राखिएको जनाएको छ । उपाध्यक्ष शेर्पाले बैठक राख्न पटक पटक अनुरोध गरिएको उल्लेख गर्दै भने, ढिलै भएपनि बैठक डाकिएको छ । अहिले देखिएका सबै समस्याका विषयमा त्यहि छलफल गर्नु उपयुक्त हुन्छ ।
एन्फाका तत्कालिन अध्यक्ष गणेश थापालाई फिफाले १० बर्षको प्रतिबन्धसहित झन्डै २१ लाख जरिवाना तोकेको थियो । त्यसपछि एन्फा कार्यसमितिले नरेन्द्र श्रेष्ठलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको थियो । पुर्नबहाली गरिएका पदाधिकारीले पटक पटक बैठकको माग गरेपनि कार्यवहाक अध्यक्षले श्रेष्ठ आलटाल गर्दै आएका थिए । पूर्व अध्यक्ष थापाकै इसारामा श्रेष्ठ चल्दै आएका कारण श्रेष्ठले बैठक राख्न आल टाल गरेको फुटबलबृतमा चर्चा हुने गर्छ ।
बैठकमा साधारण सभा, कार्यसमितिको रिक्त पदको निर्वाचन, निर्वाचन नियमावली, बार्षिक कार्यक्रम, आर्थिक प्रतिवेदनलगायतका नौं वटा एजेन्डामा छलफल हुने तुलाधरलेब ताए । २०७० मा निर्वाचत भएयता एन्फाको साधारण सभा बस्न सकेको छैन । त्यसयता नेपाली फुटबलमा उथलपुथल भैसकेको छ ।
निर्वाचित अध्यक्ष थापा फिफाको कारवाहीमा परेका थिए भने उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको गत बर्ष मृत्यु भएको थियो । अबको साधारण सभाले ती रिक्त दुवै पद पूर्ति गर्नुपर्नेछ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]