default_image

4 years ago

May 3, 2020

रियलले अर्काे साताबाट प्रशिक्षण थाल्ने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले अर्काे साताबाट टोलीको प्रशिक्षण थाल्ने भएको छ । रियलले सामाजिक दुरी कायम गरी ११ मेबाट प्रशिक्षण थाल्ने निर्णय गरेको हो । रियलले आफ्नो प्रशिक्षण स्थल भाल्डेबेवास बेसमा प्रशिक्षण गर्नेछ । कोरोना भाइरस (कोभिड–१९) का कारण स्पेनिस ला लिगासहित विश्वको खेलकुद गतिविधि मार्च पहिलो साताबाट स्थगित भएको छ । फ्रेन्च […]

41 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले अर्काे साताबाट टोलीको प्रशिक्षण थाल्ने भएको छ । रियलले सामाजिक दुरी कायम गरी ११ मेबाट प्रशिक्षण थाल्ने निर्णय गरेको हो । रियलले आफ्नो प्रशिक्षण स्थल भाल्डेबेवास बेसमा प्रशिक्षण गर्नेछ ।

कोरोना भाइरस (कोभिड–१९) का कारण स्पेनिस ला लिगासहित विश्वको खेलकुद गतिविधि मार्च पहिलो साताबाट स्थगित भएको छ । फ्रेन्च लिग वान रद्ध गर्दै शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई च्याम्पियन घोषणा गरिसकेको छ । जर्मन बुन्डेस लिगा र इंग्लिस प्रिमियर लिगका केही क्लबहरुले प्रशिक्षण शुरु गरिसकेका छन् ।

स्पेनमा भने अब क्लबहरुले प्रशिक्षण थाल्ने योजना बनाइरहेका छन् । स्पेनिस सरकारले स्पेनमा लकडाउन हटाइसकेको छ । तै पनि सतर्कता अपनाउन स्पेन सरकारले निर्देशन दिएको छ ।  रियलले प्रशिक्षण मैदानमा थोरै खेलाडीहरु समावेश गरेर सामाजिक दुरीको पालना गरि प्रशिक्षण थाल्ने मार्काले जनाएको छ । समूहगत रुपमा प्रशिक्षण हुनेछैन ।

स्पेनको राष्ट्रिय खेलकुद परिषदले अर्काे साताबाट ला लिगाका सबै क्लबका खेलाडीहरुको कोरोना परिक्षण गर्ने योजना छ । तर, काउन्सिलले सबै खेलाडीलाई परिक्षण गर्न दवाव दिनेछैन । ला लिगा क्लबहरुले ला लिगा पुनः शुरु हुन सबै स्वस्थ हुनुपर्ने बताएका छन् । अन्यथा ला लिगा हुन नसक्ने बताएका छन् ।

जिनेदिन जिदानको रियल ला लिगाको दोस्रो स्थानमा रहेको छ । रियल शीर्षस्थानको बार्सिलोनासँग २ अंकले पछि छ । बार्सिलोनाको ५८ तथा रियलको ५६ अंक छ ।  रियल च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा रहेको छ । पहिलो लेगमा रियल इंग्लिस क्लब म्यानचेस्टर सिटीसँग २–१ ले पछि परेको छ । दोस्रो लेग सिटीको मैदानमा हुनेछ ।

प्रिमियर लिगका आर्सनल र टोटेनहमले प्रशिक्षण शुरु गरेको छ । जर्मन बुन्डेस लिगा ७ मे बाट शुरु गर्ने भनिएपनि प्रशिक्षण दौरान एफसी कोलोग्नीका तीन स्टाफमा कोरोना संक्रमण भेटिएपछि १६ मेलाई सारिएको छ । तर, क्लबहरुले लगातार प्रशिक्षण गरिरहेको छ ।

April 28, 2024

म्यानचेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लगातार चौथो पटक उपाधि जित्ने लक्ष्यमा रहेको म्यानचेस्टर सिटीले आइतबार जित दर्ता गरेको छ । सिटी ग्राउण्डमा भएको खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २–० ले पराजित गर्दै उपाधिको आशा कायमै राखेको हो । सिटीको जितमा डिफेन्डर जोस्को ग्भार्डियोल र दोस्रो हाफमा मैदान प्रवेश गरेका स्ट्राइकर एर्लिङ हालान्डले एक-एक गोल गरे […]

April 28, 2024

आशिषको ह्याट्रिकमा बिर्तामोड सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको बुद्धशान्तिमा जारी तेस्रो आदर्श च्यालेन्ज कपमा पाहुना टोली नर्थ बंगाल एफसी भारतलाई ३–१ ले हराउँदै बिर्तामोड युनाइटेड एफसी सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको जितमा आशिष चापागाईंले ह्याट्रिक पूरा गरे । पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै बिर्तामोडले अग्रता लिएको थियो । मध्यभागबाट बिर्तामोडका डिफेन्डर देवेन्द्र तामाङले गरेको फ्रिकिकलाई हेडमार्फत अभिषेक […]

April 28, 2024

महावीर क्लब विजयी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिगमा आईतवार महावीर क्लब विजयी भएको छ । सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महावीर क्लबले स्पोर्ट्स एकेडेमी साँगा माथि १-० को जित दर्ता गरेको हो । महावीरका लागि सन्दिप श्रेष्ठले ६७औं मिनेटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो । जित सँगै महावीर क्लब […]

Success

Thank you for your time.