default_image

9 years ago

August 3, 2016

ए.एफ.सी कपको तयारीमा जुट्दै थ्री स्टार

142 views

0 Bookmark

रुस्लान थ्री स्टार क्लब २०७१ सालको राष्ट्रिय लिगको विजेता भएको हकमा नेपालको प्रतिनिधित्व गर्दै यहि अगष्ट २१ गतेबाट मंगोलियामा सुरु हुन गइरहेको ए.एफ.सी कपको प्लेअफ छनोटमा सहभागी हुन लागेको छ। यसै क्रममा टोलीले विगत तिन सातायता नियमित प्रशिक्षण गरिरहेको छ।

Players in Training (2)

टोलीको प्रमुख प्रशिक्षकमा मेघराज केसीलाइ नियुक्त गरिएको छ भने प्रशिक्षकमा रबिन्द्र शिलाकार रहनेछन्। नेपालको प्रतिनिधित्व गर्दै ए.एफ.सी. कप खेल्ने रुस्लान थ्री स्टार क्लब नै पहिलो टोलि हो।

ए.एफ.सी कपका लागि क्लबले २० खेलाडिहरुलाई अनुबन्धित पनि गरिसकेको छ।

खेलाडीको नामावली यसप्रकार छन्: एलेन न्यौपाने, बिनय श्रेष्ठ, अविशेक बराल (गोलरक्षक) | रञ्‍जित धिमाल, देवेन्द्र तामाङ, पिटर सेगुन, विजय धिमाल, सरोज दाहाल, विष्णु सुनार (डिफेन्डर) | बिक्रम लामा, निराजन खड्का, प्रकाश बुढाथोकी, सुनिल बल, विजय गुरुङ, विष्णु गुरुङ (मिडफिल्डर) | बुद्ध राज लिम्बु (चेम्जोङ), असिम जंग कार्की, रोशन मल, मार्टिन्स कायोडे अजायी, सुसान श्रेष्ठ (फरवार्ड) रहेका छन्। क्लबमा दुइ विदेशी खेलाडीमा नाइजेरियाका पिटर सेगुन र मार्टिन्स कायोडे अजायी रहेका छन्।

प्रतियोगितामा थ्री स्टार क्लब समूह ‘बि’मा परेको छ। थ्री स्टार संगै समूहमा आयोजक मंगोलियाको एर्चिम फुटबल क्लब र कम्बोडियाको नागावोर्ल्ड फुटबल क्लब रहेका छन्। थ्री स्टारले अगष्ट २१ तारिखमा आयोजक एर्चिमको सामना गर्नेछ भने अगष्ट २३मा नागावोर्ल्डसंग खेल्नेछ। तिन समुहमा विभाजन गरिएको प्लेअफ छनोट चरणमा नौ टोलीको सहभागिता रहेको छ। तिनै समुहबाट समूह विजेता अर्को चरणमा पुग्नेछ।

यस प्रतियोगिताको तयारीको लागि रुस्लान थ्री स्टार क्लब र नेपाल ए.पी.एफ क्लब आगामी साउन २१ गते दिनको ४:०० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा मैत्रीपूर्ण खेल खेल्दैछन। खेलको लागि टिकट दर रु.५०० र रु.२०० तोकिएको छ। टिकट खेल हुने दिन दिनको १ बजेबाट खेलस्थलमै खरिद गर्न सकिनेछ।

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

Success

Thank you for your time.