default_image

4 years ago

May 7, 2020

मेस्सी र नेयमारको प्रशिक्षक बन्ने जाभीको सपना

39 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनका लेजेन्ड जाभी हर्नान्डेजले अर्जेन्टिनी लियोनेल मेस्सी र ब्राजिली नेयमारलाई बार्सिलोनामा सँगै प्रशिक्षण गराउने सपना रहेको बताएका छन् ।

जाभी अहिले कतारी क्लब अल सादको प्रशिक्षक छन् । उनले बार्सिलोना छाड्नुअघि सोही क्लबमा २०१५ देखि २०१९ सम्म खेल्दै प्रशिक्षकको रुपमा अघि बढेका थिए ।

‘रोड टु २०२२’ मा आफ्ना बार्सिलोनाका पुर्वसहकर्मी क्यामरुन स्टार स्यामुइल इटोसँगको इन्स्टाग्राम च्याटमा जाभीले आफ्ना पुराना सम्झना र उनीहरुले मन पराउने फुटबलको प्रकारको बारेमा छलफल गर्ने क्रममा प्रशिक्षकको रुपमा मेस्सी र नेयमारलाई बार्सिलोनामै प्रशिक्षण गराउने इच्छा रहेको बताएका हुन् ।

सिद्धान्त – जसले खेललाई पुरै आफ्नो प्रभुत्वमा पार्न सक्दछ, त्यही टोली मलाई मन पर्छ । मलाई फुटबल के हो भन्ने थाहा छ । म अट्याकिङ शैलीमा खेल्दै बलमाथि पोजिसन राख्न चहाँन्छु । जसको रचनाकार म हुँ ।

रियल म्याड्रिड शैली – रियल म्याड्रिडले मिक्स शैलीमा फुटबल खेल्ने गर्दछ । उनीहरु रक्षात्मक खेल्दै आक्रमणलाई मुख्य रणनीति बनाउनेछ । तर, रियल कठिन प्रतिद्धन्द्धी हो । यो गतवर्ष के भयो भनेर हेर्न सकिन्छ ।

नेयमार – फुटबलको हिसाबमा नेयमार विश्वको उत्कृष्टमा शीर्ष ५ मा पर्ने एक खेलाडी हुन् । म आशा गर्दछु, उनी बार्सिलोना फर्कनेछन् । उनी मेरो टिमको सहयात्री पनि थिए । उनले बार्सिलोना र अहिले पीएसजीमा निकै राम्रो गरिरहेका छन् । यो एक सकरात्मक चरित्र र फरक गुण भएका असाधरण खेलाडी हुन् । बार्सिलोनाले उनलाई आकर्षक प्रस्तावसहित अनुबन्ध गर्नुपर्दछ ।

बार्सिलोनाको प्रस्ताव – बार्सिलोनाबाट मलाई गत जनवरीमा प्रस्ताव आएको थियो । तर, यो मेरो लागि उचित समय थिएन । मसँगै एबिडाल र ओस्कार जिरोउसँग निरन्तर संवाद भइरहेको छ । यो मेरो लागि महत्वपुर्ण प्रस्ताव थियो । तर, मलाई अझै बढी अनुभव चाहिएको थियो । बार्सिलोना ठुलो नाम हो । मलाई बार्सिलोनाको प्रशिक्षक बन्ने इच्छा छ ।

मेस्सी – मेस्सी अहिले ३२ वर्षका छन् । उनले अझै ५ देखि ५ वर्षसम्म मस्तसँगा खेल्न सक्नेछन् । मेस्सीले अर्काे विश्वकप पनि खेलेको हेर्ने चाहना छ । हामी अहिले विश्वका उत्कृष्ट खेलाडीको बारेमा कुरा गरिरहेका छौं ।

बार्सिलोनाका लागि स्ट्राइकर – म बार्सिलोनासँग मिल्ने खेलाडीको बारेमा कुरा गर्दैछु । साडियो माने र औवामियाङले खुल्ला स्पेसबाट गोल गर्न माहिर खेलाडी हुन् । तर, बार्सिलोनालाई क्लोज स्पेसबाट गोल गर्ने फरवार्ड चाहिएको छ । तर, सोचेजस्तै फरवार्ड भेट्न मुस्किल छ । लुइस सुआरेज अहिलेको अवस्थामा उत्कृष्ट छन् ।

बार्सिलोनामै हुर्किएका ४० वर्षीय जाभीले बार्सिलोनाका लागि ७६७ खेलमा ८५ गोल गरेका छन् । अल सादबाट खेल्दै उनले ११७ खेलमा २५ गोल गरे । सन् २०१४ पछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका जाभीले स्पेनका लागि १३३ खेलमा १३ गोल गरेका छन् ।

May 21, 2024

इंग्ल्याण्डको यूरो कपका लागि प्रारम्भिक टोली सार्वजनिक 

एजेन्सी – ग्यारेथ साउथगेटले युरो २०२४ का लागि आफ्नो ३३ खेलाडीको प्रारम्भिक इंग्ल्याण्ड टोली सार्वजनिक गरेका छन् । तीन वर्ष अघि घरेलु भूमिमा फाइनलमा पराजित इंग्ल्याण्ड यस पटक पनि उपाधि दावेदारको रुपमा रहेको छ ।  पछिल्लो केहि वर्षमा टोलीको महत्वपुर्ण खेलाडीका रुपमा रहेका मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ यसपटक भने टोलीमा परेका छैनन् […]

May 21, 2024

रोनाल्डो व्यक्तिगत छैठौँ यूरो कपको प्रारम्भिक टोलीमा 

एजेन्सी – स्टार खेलाडी क्रिस्टियनो रोनाल्डो व्यक्तिगत छैठौँ  युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको प्रारम्भिक टोलीमा परेका छन् । सन् २०१६ को युरोपियन च्याम्पियनसिपमा पोर्चुगलले उपाधि जित्दा नेतृत्व गरेका क्रिस्टियानो रोनाल्डोलाई युरो २०२४ का लागि रोबर्टो मार्टिनेजको २६ सदस्यीय टोलीमा समावेश गरेका हुन् । ३९ वर्षिय रोनाल्डो प्रतियोगितामा १४ गोलसहित कीर्तिमान गोलकर्ता हुन् भने उनले प्रतियोगितामा सबैभन्दा […]

May 21, 2024

समाज कल्याण चौथो स्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – समाज कल्याण खेलकुद केन्द्र क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको चौथो स्थानमा उक्लिएको छ । मंगलवार भएको दिनको दोस्रो खेलमा सानेपा क्लबलाई ४-० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । जित हासिल गरेको समाज कल्याणको ९ खेलमा १६ अंक भएको छ । पराजित सानेपाको समान ९ खेलमा ११ अंक […]

Success

Thank you for your time.