9 years ago
August 4, 2016
अन्तर्राष्ट्रिय च्याम्पियन कप अन्तर्गतको खेलमा बार्सिलोनाले लेस्टर सिटी बिरुद्ध ४-२ को जित दर्ता गरेको छ ।
बार्सिलोनाको जितमा एकेडमिका उत्पादन २० बर्षिय मुनिर एल हद्दादीले २ गोल गरे भने लुइस स्वारेजले १ गोल गरे । त्यस्तै १७ बर्षिय राफा मुजिकाले पनि बार्सिलोना को जित मा १ गोलको योगदान दिए ।
बार्सिलोनाको लागी लुइस स्वारेज , मेस्सी , बुस्केट र मास्केरानो सबै सुरुवात गरेका थिए भेन लेस्टरका स्टार भार्डी र मार्ह्रेज दुबै खेलेका थिए ।

मेस्सीले बार्सिलोना को लागी गोल न गरेपनी ४ मद्धे ३ गोलमा उनको योगदान रह्यो
त्यस्तै १६ मिलियन पाउण्डमा लेस्टरको क्लब रेकर्ड सम्झौता अह्मेद मुसाले २ गोल गर्दै आउँदै गरेको सिजनमा राम्रो खेल्ने संकेत देखाएका छन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]