6 years ago
May 12, 2020
प्रकाश तिमल्सिना, काठमाडौं
अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वमा आएको दुई वर्ष पुग्दा नपुग्दै कार्यसमितिमा विवाद रहेको अध्यक्ष कर्मा छिरिङ शेर्पाले अस्वीकार गरेनन् । कसैको नाम भने खुलेर लिन नचाहेपनि अन्तरिक विवादका बाबजुद एन्फाको गति अघि बढ्ने उनको दाबी छ ।

‘४ वर्षे यात्राको लागि रेल गुड्न थालिसकेको छ । रेल विभिन्न स्टेशनमा रोकिन्छ । रेलमा चढ्ने र झर्ने काम भैरहन्छ’, उनले भने, ‘अहिले यात्रु झर्ने मात्र हैन चढ्ने काम पनि भैरहेको छ । तर हामी गन्तव्यमा पुगेर मात्र रेल रोकिन्छ ।
तत्कालिन एन्फा अध्यक्ष गणेश थापा विरुद्ध एकजुट भएर अघि बढ्दै एन्फा नेतृत्वमा पुगेकाहरु अहिले आइपुग्दा छिन्न भिन्न जस्तो देखिएका छन् । शेर्पाका कति सहयोगीहरु छुटेका पनि छन् । मानार्थ अध्यक्ष टासी घलेबाट सुरु भएको शेर्पासँगको विद्रोह अहिले उनकै सबैभन्दा निकटका सारथी नवीन पाँडेसम्म आइपुगेको छ ।
त्यसबेला कार्यसमितिकै कतिपयले निको नमान्दा पनि शेर्पाले पाँडेलाई आफ्नो सल्लाहकार मात्र बनाएनन् अन्तर्राष्ट्रिय सम्बन्धको मुख्य जिम्मेवारी पनि दिएका थिए । के कारण उनीहरु अलग भए अझै प्रष्ट भएको छैन । अझ अहिले कार्यसमितिकै वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र सदस्य दावा लामा शेर्पासँग फरक मत राख्दै आएका छन् ।
आफ्नो नेतृत्वको कार्यकालको २ वर्ष चुनौतीपूर्ण रहेको जनाउँदै एन्फा अध्यक्ष शेर्पाले भने, ‘यो लकडाउनको समयमा २ वर्षको प्रतिवेदन तयार पार्दैछौं । फिफासँग मिलेर विधान संसोधन गर्यौं । सबै जिल्ला समिति गठन गर्यौं । एन्फाको लोगो, राष्ट्रिय टोलीको नयाँ जर्सी बनायौं । आर्थिक नियमावली, कर्मचारी नियमावली बनायौं ।’

उनको आफ्नो कार्यकालमा सरुवात गरेको कामको लामो सुचि पेश गरेपछि एन्फा भित्र आन्तरिक विवाद चर्कदै गएको विषयलाई भने खासै महत्व दिएको देखिएन । ‘सस्थाको संरचना बनाउने काम गरेका छौं । प्रशिक्षकहरु थप्यौं । विदेशी टेक्निकल डाइरेक्टर नियुक्त गरेपछि एएफसीको कोच लाइसेन्सिङको लागि हस्ताक्षर गरेका छौ । अब एन्फाले ए, बी, सी लाइसेन्सको प्रशिक्षण दिने गरि तयारी गरिरहेका छौ । कोचिङ र रेफ्रि कोर्षको आवेदन अनलाइनबाट गर्न सकिन्छ’ , उनले थपे ।
‘जिल्लामा म्याच कमिस्नरको व्यवस्था गरेका छौ । पहिलो पटक अनलाइनबाट खेलाडी दर्ता सुरु भएको छ । जसमा १२ सय खेलाडी समावेश छन् । अब बिस्तारै रेफ्री दर्ताको प्रक्रिया सुरु हुनेछ । सबैलाई अनलाइनलमा नै व्यवस्था गर्नेछौ । यसले सबैले सहज सुचना पाउन सकिनेछ । एएफसी, फिफा प्रोेक्जेक्ट र ग्रासरुटको काम योजनाबद्ध रुपमा अघि सारेका छौं । ग्रासरुटमा अहिले ४५ जिल्लामा ६० वटा सेन्टरमा करिब १२ हजार विद्यार्थी सहभागी भए ।’
उनले एन्फामा काम भइरहेको दाबी गरिरहँदा उनकै कार्यसमितिका जिम्मेवार व्यक्तिहरु भने शेर्पा तानशाही बन्दै जान थालेको आरोप लगाउन थालेका छन् । ‘संघमा अहिले कुनै विवाद र समस्या खासै छैन’, उनले भने, ‘यसमा केहि व्यक्ति लागेका छन् । जसले राम्ररी फुटबल सञ्चालन गर्न सकेनन् । आफैंलाई फुटबलको मसिहा बताउनेहरु अहिले भैरहेको कामलाई रोक्न भुमिगत रुपमा सक्रिय रुपमा लागेको छन् । यस्तो पहिला पनि हुन्थ्यो ।’
शेर्पाले कार्यकालको पूरा अवधिपछि मुल्याङ्कन गर्न पनि आग्रह गरेका छन् । ‘आगामी २ वर्षमा भन्दा पनि पूरा ४ वर्षे कार्यकाललाई हेरेको छु । हिजोको प्रतिवद्धता अनुसार काम सुरु गरिसकेका छौं । फुटबलले परिवर्तनको महसुस गर्नेछ’, उनले भने, ‘नेपाली फुटबल संक्रमणकालीन अवस्थामा छ । अहिले हामीले जग बसाउने काम गर्दैछौं । अहिले गोडमेल गर्ने र फल लगाउन लागेका छौं । यो बिचमा केहिले बिगारे अर्कै कुरा हो तर राम्रो फल दिनेमा हामी प्रतिवद्ध छौं । म फुटबलमा घर बनाउँछु भ्रष्टचार गर्छु भनेर आएको हैन ।’

शेर्पाले आफ्नो कार्यकालमा ल्याएको योजना सुनाउँदै भने, ‘अब आउने वर्षबाट जिल्लामा २ वटा प्रतियोगिता हुन्छ । एउटा छनोट । त्यो जिल्ला र प्रदेशबाट राष्ट्रिय स्तरमा हुन्छ । पुछारको टोलीले नकआउट प्रतियोगिता खेल्नेछन् । ’
ए डिभिजन लिगलाई होम एण्ड अवे पद्दतिमा लग्नका लागि क्लबको आफ्नौ मैदान हुनुपर्ने र कम्तीमा साढे ३ करोड रुपैयाँ बजेट हुनुपर्ने अवस्था रहेको सुनाउँदै उनले भने, ‘यसमा निजि क्षेत्रको लगानीका साथ अहिलेको भन्दा बजेट बढेर आउन पर्दछ ।’
शेर्पाले लिगमा पुरस्कार राशी घटेको विषयमा भने, ‘सबै क्लबलाई पैसा दिन्छौ त्यही कारण पनि यस्तो भएके हो । म्याच फिक्सिङलाई कम गर्न प्रत्येक खेल जित्दा पैसा दिने गरेका छौैं ।’
सन् १९८४ पछि घरेलु मैदानमा स्वर्ण पदक जित्नुलाई पनि उनले उपलब्धीका रुपमा लिएका छन् । दक्षिण एसियाली खेलकुद (साग, तत्कालिन साफ) को पहिलो संस्करणमा स्वर्ण जितेको नेपालले फेरि स्वदेशमै गत वर्ष मंसिरमा १३ औं संस्करणमा पनि स्वर्ण पदक जितेको हो । यद्दपी पछिल्लो सफलता यू २३ ले दिलाएको हो । त्यसअघि बंगलादेशमा आयोजना भएको छैटौं सागमा फुटबलमा स्वर्ण पदक जितेको थियो ।
अध्यक्ष शेर्पाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दशरथ रंगशालामा एन्फा दिनेमा विश्वस्त रहेको सुनाए । ‘दशरथ रगंशालाको पूर्न निर्माण सकिना साथ साग सुरु भयो । अब यसको कार्यविधि तयार पारिरहेको छ । राखेपले एन्फालाई दिनेमा हामी विश्वस्त छौं’, अन्य भौतिक पूर्वाधारका रुपमा उनले भने, ‘आर्मी हेडक्वार्टारमा अन्तराष्ट्रिय स्तरको चेन्जिङ रुम बनाउन लागेका छौ । पछि प्रतियोगिता गर्न सजिलो हुनेछ । पूर्वाधारलाई स्तरिय बनाउन एन्फाले काम गरिरहेको छ । च्यासलमा बनिरहेको मैदानमा पाइपिङको काम भैहरेको छ ।’

अन्य योजना सुनाउँदै उनले थपे, ‘पोखरामा अन्तर्राष्ट्रिय स्तरको बहुउदेश्यीय हल बनाउन लागेका छौं । क्लबलाई व्यवस्थित गर्न लागेका छौं । लिग लामो गर्न क्लबको आर्थिक स्थिती र भौतिक पुर्वाधर बलियो बनाउन पर्छ । लिग ६ महिना गर्न लाग्यो भनेर मात्र हुँदैन । क्लबको आफ्नो मैदान हुन पर्यो । अब एएफसीसँग क्लब लाइसेन्स बनाउन काम गरिरहेका छौं ।’
फुटबलको समग्र विकासका लागि खेलाडी उत्पादनसँगै प्रशिक्षक र खेल सञ्चालनका लागि रेफ्री पनि चाहिने भएकाले त्यसका लागि पनि तालिम सञ्चालन भइरहेको शेर्पाले बताए । गत वर्ष महिला फुटबलले प्रगती गरेको स्मरण गर्दै उनले भने, ‘महिला फुटबललाई हामीले प्राथकितामा राखेका छौं । पहिलाको तुलानामा महिला फुटबलमा धेरै प्रतियोगिता भैरहेको छ । अन्तर्राष्ट्रिय एक्पोजर पाइरहेका छन् । पहिलो पटक महिला टेक्निकल सेन्टर रौतहटमा बनाउन लागेका छौं ।’
शेर्पाले सबैको चाहनामा एकेडेमी रौतहटमा सुरु गरेको उल्लेख गर्दै भने, ‘रौतहटमा धेरै खेलाडी उत्पादन भएका छन् । सबैको चाहनाअनुसार नै हामीले त्यहाँ सेन्टर स्थापना गरेका छौं । मेरो व्यक्तिगत इच्छाले हैन । पछि अन्य जिल्लामा जाने हो । धेरै भन्दा धेरै पुर्वाधार तयार गर्न हामी लागि परेका छौ ।’
रौतहट एकेडेमीको जग्गा विवादमा परेको विषयमा उनले भने, ‘विवाद भनेको स्थानिय तह, क्लब वा संघमा छैन.’ पछिल्लो समय आफ्नो विरोध हुनेमा जानकार शेर्पाले भने, ‘पहिलेका साथीहरुले यो भएन यो भएन भनेको सुन्छु । उनीहरुले गरेको भए नेपाली फुटबल आज कहाँ जाने थियो ?’
कर्माछिरिङ शेर्पासँगको प्रत्यक्ष अन्तर्वार्ता :
December 6, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल गरेका थिए। ६५ […]
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]