default_image

4 years ago

May 12, 2020

इब्रहिमोभिच क्वारेन्टिनमा जाने

एजेन्सी – स्विडिस फरवार्ड ज्लाटन इब्रहिमोभिच इटाली फर्केलगत्तै कवारेन्टिनमा बस्नुपर्ने भएको छ । कोरोना संक्रमणका कारण इटालियन लिग स्थगित भएपछि उनी आफ्नै राष्ट्र स्विडेन फर्केका थिए । स्विडेनमा कडा लकडाउन कार्यान्वयन नभएका कारण इब्राले त्यहाँ स्थानीय क्लब हम्मार्बीमा प्रशिक्षण गरेका थिए । स्टकहममा रहेको उक्त क्लबमा ज्लाटनले गतवर्ष मात्र २५ प्रतिशत शेयर खरिद गरेका थिए […]

48 views

0 Bookmark

एजेन्सी – स्विडिस फरवार्ड ज्लाटन इब्रहिमोभिच इटाली फर्केलगत्तै कवारेन्टिनमा बस्नुपर्ने भएको छ । कोरोना संक्रमणका कारण इटालियन लिग स्थगित भएपछि उनी आफ्नै राष्ट्र स्विडेन फर्केका थिए ।

स्विडेनमा कडा लकडाउन कार्यान्वयन नभएका कारण इब्राले त्यहाँ स्थानीय क्लब हम्मार्बीमा प्रशिक्षण गरेका थिए । स्टकहममा रहेको उक्त क्लबमा ज्लाटनले गतवर्ष मात्र २५ प्रतिशत शेयर खरिद गरेका थिए । उनले स्विडेनमा रहँदा हम्मार्बीकै पुरुष र महिला टोलीसँग प्रशिक्षण गरेका थिए । उनले एक प्रशिक्षण खेलमा पनि सहभागिता जनाएका थिए । त्यसैले कुनै खतरा नहोस भनेर मिलानमा प्रशिक्षण गर्नुअघि उनी क्वारेन्टिनमा बस्ने भएका छन् ।

उमेरले ३८ वर्ष पुगेपनि ज्लाटनले लगातार शीर्ष श्रेणीको फुटबल खेलिरहेका छन् । उनले आफ्नो करीअरको अन्त्य आफ्नै क्लब हम्मार्बीबाट खेल्दै अन्त्य गर्ने सम्भावना पनि रहेको छ । आफ्नै लगानी रहेको क्लबमा उनले खेल्न सक्ने सम्भावना रहेको खेलकुद निर्देशक जेस्पर जान्सनले बताए ।

‘ यसको उत्तर मात्र ज्लाटनसँग छ । उनले यकिन यस्तै गर्ने भनेर भनेका छैनन् । मैले सोध्नुपर्छ भन्ने पनि होइन तर मलाई आशा छ उनले यहाँ खेल्नेछन् । उनलाई पनि थाहा छ हामीलाई उनको जरुरत छ,’ जान्सनले भने ।

मिलानसँगै अन्य क्लबहरुको पूर्ण प्रशिक्षण अर्को सोमबारदेखि सुरु हुँदैछ । हाल क्लबहरुले व्यक्तिगत रुपमा प्रशिक्षण सुचारु गरिरहेका छन् । इब्रा आफैंले पनि गत साता हाललाई मिलनसँग सम्झौता पूरा गरेर मात्र भविष्यबारे सोच्ने बताएका छन् ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.