default_image

4 years ago

May 13, 2020

मार्टिनेजको विषयमा बार्सिलोना र इन्टर मिलान सहमति नजिक

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलान अर्जेन्टिना फरवार्ड लोउटारो मार्टिनेजको बार्सिलोना प्रस्थानको विषयमा सहमति नजिक पुगेको छ । बार्सिलोनाले मार्टिनेजको लागि इन्टर मिलानलाई दुई खेलाडी र ६० मिलियन पाउन्ड दिन सहमत भएको बुझिएको छ । सहमति अनुसार बार्सिलोनाले मार्टिनेजलाई ६० मिलियन पाउन्ड र २ खेलाडी दिनेछन् । आर्टुरो भिडालसँगै नेल्सन सेमिडो […]

39 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलान अर्जेन्टिना फरवार्ड लोउटारो मार्टिनेजको बार्सिलोना प्रस्थानको विषयमा सहमति नजिक पुगेको छ ।

बार्सिलोनाले मार्टिनेजको लागि इन्टर मिलानलाई दुई खेलाडी र ६० मिलियन पाउन्ड दिन सहमत भएको बुझिएको छ । सहमति अनुसार बार्सिलोनाले मार्टिनेजलाई ६० मिलियन पाउन्ड र २ खेलाडी दिनेछन् । आर्टुरो भिडालसँगै नेल्सन सेमिडो र इमर्सनमध्ये एक खेलाडी बार्सिलोनाले इन्टर मिलान पठाउने सहमति भएको छ ।

बार्सिलोनाले मार्टिनेजलाई ४ बर्षका लागि अनुबन्ध गरिएको बुझिएको छ । यस विषयमा बार्सिलोनाले अर्काे साता घोषणा गर्न सक्नेछ ।
कोरोना भाइरस (कोभिड–१९) को महाहमारीका कारण आर्थिक संकट सामना गरिरहेपनि बार्सिलोना मार्टिनेजलाई जसरी पनि अनुबन्ध गर्ने योजना बनाएको थियो । मार्टिनेजको विषयमा सहमति नजिक पुगेको बार्सिलोनाको अर्काे योजना आफ्ना पुर्व ब्राजिली स्टार नेयमारलाई क्लबमा फर्काउने रहेको छ ।

मार्टिनेज २०१८ मा अर्जेन्टिनी क्लब रेसिङबाट २० मिलियन पाउन्डमा इन्टर मिलान पुगेका थिए । २२ वर्षीय मार्टिनेजले यो सिजन इन्टर मिलानका १६ गोल गरेका छन् ।

May 3, 2024

समाज कल्याण र आरसी ३२को जित

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत शुक्रबार सम्पन्न खेलहरुमा समाज कल्याण खेलकुद केन्द्र र स्पोर्ट्स एकेडेमी साँगा विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा समाज कल्याणले साँगा माथि ५-० को फराकिलो जित दर्ता गरेको हो । समाज कल्याणको जितमा सुजन चौधरीले ह्याट्रिक पूरा गरे। यस्तै रोजल दाहालले […]

May 3, 2024

इङ्ल्यान्डमा नेपालको पहिलो खेल आज*

काठमाडौं (हाम्रो खेलकुद) – इङ्ल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । ब्रिटिश आर्मीको टोली विरुद्ध आज नेपाली टोलीले खेल्नेछ । भिसा प्रक्रियामा निकै ढिलो हुँदा एन्फाले टोलीका सदस्यलाई फरक-फरक समयमा विभिन्न विमानमा पठाउनु परेको थियो । टोली फरक-फरक समयमा इङ्ल्यान्ड पुगेको थियो भने केही खेलाडीहरू हिजो मात्र पुगेका थिए […]

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

Success

Thank you for your time.