9 years ago
August 4, 2016
काठमाडौं – राष्ट्रिय टोलीका स्ट्राइकर बिमल घर्तीमगरलाई चीनिया स्पोर्टस ब्रान्ड एक्सटेपको नेपालका लागि आधिकारिक विक्रेता रेनबो प्रालीले आफ्नो ब्रान्ड एम्बसेडर बनाएको छ ।

राजधानीमा आयोजित कार्यक्रममा विमल र रेनबोका निर्देशक गणेश श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे । एक बर्षका लागि सम्झौता गरिएपनि रकम भने खुलाइएको छैन । श्रेष्ठले भने ‘दुवै पक्षको सहमतिमा रकम नखुलाएका हौं । यो सम्झौताबाट हामी दुवै सन्तुष्ट छौं ।’ दुई महिनापछि फुटबल प्रशिक्षणमा फर्केका विमलले सम्झौताबाट खुसी लागेको बताएका छन् ।
जेठ १२ गते बहिनी मनीषाको रहस्मय मृत्युका कारण बेल्जियम भ्रमण छोट्टाएर फर्केका विमल त्यसयता नवलपरासीस्थित बर्दघाटमा बस्दै आएका थिए । उनी केही दिनअघि मात्र राजधानी फर्केर राष्ट्रिय टोलीको अभ्यासमा जुटेका छन् । उनले भने,‘ म राष्ट्रिय टोलीको सदस्य भएको नाताले ममात्र होइन पुरा राष्ट्रिय टोलीनै एक्स टेपको ब्रान्ड एम्बेसडर भएको अनुभव गरेका छौं ।’ नेपाल खेलकुद पत्रकार मञ्चका कार्यवहाक अध्यक्ष दुवेन्द्र सुवेदीले एक्स टेपलाई नेपालमा सफलताको लागि शुभकामना दिए ।
एक्सटेपका सञ्जिव मालवानीले चीनको ठूलो स्पोर्टस फेसन कम्पनी भियनताम, मलेसिलया, लेबनल, युक्रेन, साउदी अरेबिया पछि अब नेपालमा ल्याएको बताए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]