default_image

4 years ago

May 13, 2020

फुटबलर उत्तम मास्क लगाएर विवाह बन्धनमा

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको ५० दिन नाघिसकेको छ । यसबीचमा फुटबल खेलाडी उत्तम गुरुङ विवाह बन्धनमा बाँधिएका छन् । उनले बेलायत बस्दै आएकी पोखराकी ज्योति गुरुङसँग विवाह गरेका हुन् ।

पोखराको भद्रकाली मन्दिरमा वैशाख २५ गतेको विवाह भएको उत्तमले जानकारी दिए । कोराना भाइरसको कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै दुलाहा दुलही दुवैले मास्क प्रयोग गर्नुका साथै विवाहमा सामेल हुनेहरुमा पनि सामाजिक दुरीलाई ख्याल गरिएको उनले जानकारी दिए ।

‘हाम्रो विवाह परिवारका १२/१५ जना मात्र सहभागी हुनुहुन्थ्यो । यो समयमा भिडभाड गर्नु ठीक हुँदैन भन्नेमा हामी सचेत थियौं ,’ उनले भने,’ मन्दिरमा गएर रित पुर्याएर विवाह गर्यौं । अनि घरमा भित्राएका हौं । अहिले पार्टी पनि गरेनौं । कोराना नियन्त्रण भएर अवस्था सामान्य भएपछि गरौंला । ‘

उत्तम लम्जुङका स्थायी बासिन्दा हुन् । ज्योति पोखरा घर भई झन्डै ७ वर्षदेखि बेलायत बस्दै आएकी थिइन् । उत्तमका अनुसार ३ साताको छुट्टी मनाउन घर आएका बेला दुई जनाबीचको भेटघाट र परिवारिक सल्लाहमा विवाह गर्ने निधो भएको थियो । ‘नाताले सोल्टिनी पर्ने हो । उनी छुट्टीमा आएको थिइन् । यसो कहिले काही समाजमा भेट हुन्थ्यो,’ उत्तमले लजाउँदै भने, ‘त्यस्तैमा परिवारका बीचमा सल्लाह भयो र विवाह गरौं ।’

३२ वर्षे उत्तमले फागुनमा सम्पन्न ए डिभजिन लिग ब्रिगेड ब्वाइज क्लबबाट खेलेका थिए । त्यसअघि उनले रुस्लान थ्री स्टार क्लब, सान मिगल मछिन्द्र क्लब, बौद्ध क्लब, आरसिटी, लुम्बिनी र पोखराको सहारा क्लबबाट पनि खेलेका थिए ।

 

May 10, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल अखदुद विरुद्ध ३-२ को जित दर्ता गरेको हो । खेलको सातौं मिनेटमा अली अल हसनको पासमा गोल गर्दै मार्सलो ब्रोजोभिचले अल नासरलाई अग्रता दिलाएका थिए । सो अग्रता १५औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले अल हसनकै पासमा दोब्बर बनाए […]

May 9, 2024

समाज कल्याणद्वारा गोलबजार पराजित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा कम्प्लेक्स, सातदोबाटोमा जारी सहिद स्मारक सो डिभिजन लिगमा बिहीबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद सेन्टर विजयी भएको छ । समाज कल्याणले गोलबजार स्पोर्ट्स क्लब माथि २-१ को जित दर्ता गरेको हो । समाज कल्याणको जितमा रोशन छेत्रीले दुई गोल गरे । गोलबजारका लागि ओम प्रकाश सिंहले एक गोल गरेका थिए […]

May 9, 2024

उत्कृष्ट पुनरामगन गर्दै रियल च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी – खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । बायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा बुधबार २-१ र समग्रमा ४-३ को जित निकाल्दै रियल फाइनलमा पुगेको हो । एक गोलले पछि परेको अवस्थामा ८१औं मिनेटमा मैदान प्रवेश गरेका जोसेलुले केही मिनेटको अन्तरालमा २ गोल […]

Success

Thank you for your time.