default_image

4 years ago

May 16, 2020

हालान्डको गोलमा डर्टमुन्डलाई अग्रता

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार जारी खेलमा बोरुसिया डर्टमुन्डले चिर परिचित प्रतिद्वन्द्वी साल्केविरुद्ध पहिलो हाफमै २-० को अग्रता लिएको छ । डर्टमुन्डका लागि एर्लीङ हालान्ड र राफेल गुरेरोले १-१ गोल गरे । नर्वेली फरवार्ड एर्लीङ हालान्डले आफ्नो उच्च लयलाई कायम राख्दै डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले खेलको २९ औं मिनेटमा गोल गरेका […]

44 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार जारी खेलमा बोरुसिया डर्टमुन्डले चिर परिचित प्रतिद्वन्द्वी साल्केविरुद्ध पहिलो हाफमै २-० को अग्रता लिएको छ । डर्टमुन्डका लागि एर्लीङ हालान्ड र राफेल गुरेरोले १-१ गोल गरे ।

नर्वेली फरवार्ड एर्लीङ हालान्डले आफ्नो उच्च लयलाई कायम राख्दै डर्टमुन्डलाई सुरुवाती अग्रता दिलाएका हुन् । उनले खेलको २९ औं मिनेटमा गोल गरेका थिए । जुलियन ब्रान्टको फ्लिकपछि थोर्गन हाजार्डले दायाँ विङ्बाट गरेको क्रसमा हालान्डले गोल गरे । उनले पेनाल्टी क्षेत्रभित्र पहिलो टचलाई गोलमा परिणत गरेका थिए ।

त्यसअघि २६ औं मिनेटमा साल्केले अग्रता लिने सुवर्ण अवसर गुमाएको थियो । ड्यानीएल कालिजुरीले ६ यार्ड बक्सभित्रबाट गरेको प्रहारलाई गोलरक्षक रोमन बुर्कीले दोस्रो प्रयासमा बचाएका थिए । सातौँ मिनेटमा पनि कालिजुरीको प्रहारले पोस्टको दिशा लिन सकेको थिएन ।

खेलको १५ औं मिनेटमा घरेलु टोली डर्टमुन्डका राफेल गुरेरोको प्रहार पोस्टभन्दा थोरै परबाट बाहिरिएको थियो । लगत्तै हालान्डले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारले गोलरक्षकलाई समस्या दिन सकेन । ३५ औं मिनेटमा अक्रफ हाकिमीको क्रसमा गुरेरोको प्रहार बाहिरियो ।

खेलको ४१ औं मिनेटमा डर्टमुन्डका मोहमद दाहुदले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको शक्तिशाली प्रहार डिफेन्डर सलिफ सानेलाई लाग्दै बाहिरिएको थियो । ४४ औं मिनेटमा गुरेरोले डर्टमुन्डको अग्रता दोब्बर पारे । ब्रान्टको थ्रु बललाई गुरेरोले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोलमा परिणत गरे ।

यो खेल जितेमा डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी १ अंकमा झार्नेछ । साल्के भने खेलमा फर्कन नसके ३७ अंकसहित आठौं स्थानमा कायम रहनेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.