9 years ago
August 5, 2016
लिओनल मेसी युईएफएले प्रत्यक बर्ष घोषणा गर्ने उत्कृष्ट खेलाडिको पहिलो तीनमा पर्न असफल भएका छन । युरोपमा खेल्ने ब्यवसायिक फूटबल खेल्ने उत्कृष्ट खेलाडीलाई दियीने अवार्डको अन्तिम तीनमा पर्न रोनाल्डो, बेल र ग्रीजमन सफल भएका छन । उत्कृष्ट खेलाडीको घोषणा भने अगस्त २५मा गरीने छ ।

बिश्व बर्ष खेलाडी मेसी पाँचौ स्थानमा रहदा बर्सेलोनाकै सुवारेज चौथो स्थाममा रहे । उत्कृष्ट १०मा पर्ने खेलाडिहरु: रोनाल्डो, बेल, ग्रीज मन, सुआरेज, मेसी, बुफोन, क्रुस, मुलर, नेउर, पेपे रहे ।
अगिल्लो सिजन बेल र रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दा रियल म्याड्रीडले च्याम्पियन्स लिग जितेको थियो भने रोनाल्डोकै प्रेरणदायी प्रदर्शनले पोर्चुगल पहिलो पल्ट युरो कप जित्न सफल भएको थियो । ग्रीजमनको उत्कृष्ट प्रदर्शनले एट्लेटिको म्याड्रीड्ले लिगमा रियल र बार्सालाई गातिलो चुनैती दिएको थियो भने च्याम्पियन्स लिगको फाइनल सम्म पुग्न सफल भएको थियो । उनकै गतिलो प्रदर्शनले आयोजक राष्ट्र फ्रान्स युरोको फाईनलको यात्रा तय गरेको थियो ।
December 6, 2025
एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ। भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]
December 6, 2025
एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]