default_image

4 years ago

May 23, 2020

बर्लिन ‘डर्वी’मा हर्थाको सानदार जित

एजेन्सी – जर्मन बुन्डेस लिगाको बर्लिन ‘डर्वी’ मा हर्था बर्लिनले सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा हर्था बर्लिनले युनियन बर्लिनमाथि ४–० को सानदार जित निकालेको हो ।  बर्लिनमा शुक्रबार राति भएको खेलमा हर्था बर्लिनको जितमा भिडाड इविसेविक, डुडी लुकेबाकियो, म्याथ्युज कुन्हा र डेडरेक बोयाटाले गोल गरे । सबै चार गोल […]

36 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेस लिगाको बर्लिन ‘डर्वी’ मा हर्था बर्लिनले सानदार जित निकालेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा हर्था बर्लिनले युनियन बर्लिनमाथि ४–० को सानदार जित निकालेको हो । 

बर्लिनमा शुक्रबार राति भएको खेलमा हर्था बर्लिनको जितमा भिडाड इविसेविक, डुडी लुकेबाकियो, म्याथ्युज कुन्हा र डेडरेक बोयाटाले गोल गरे । सबै चार गोल दोस्रो हाफमा सम्भव भएको थियो । युनियन बर्लिनले घरेलु टोलीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन ।

खेलको ५१औं मिनेटमा मार्भिन प्लाटेनहार्डको पासमा भिडाडले गोल गरेपछि हर्था बर्लिनले खेलमा अग्रता बनाएको थियो । लगत्तै ५२औं मिनेटमा डुडीले गोल गर्दै हर्थालाई २–० को अग्रता दिलाए । ६१औं मिनेटमा म्याथ्युजले गोल गर्दै हर्था बर्लिनलाई सहज जिततर्फ डोर्‍याए । उनले भिडाडको पासमा गोल गर्न सफल भएका थिए ।

७७औं मिनेटमा डेडरेकले गोल गर्दै हर्था बर्लिनलाई ४–० को सानदार जित दिलाए । घरेलु टोलीमाथि युनियन बर्लिनको गोलको केही प्रयास गरेपनि विफल बन्दा फराकिलो हार बेहोर्न बाध्य बन्यो ।

जितसँगै हर्था बर्लिन २७ खेलबाट ३४ अंक जोडेर १०औं स्थानमा उक्लदा पराजित हर्था बर्लिन समान खेलबाटै ३० अंक जोडेर १२औं स्थानमा रहेको छ । बायर्न ५८ अंक जोडेर शीर्षस्थानमा तथा डर्टमन्ड ५४ अंक जोडेर बायर्नलाई पछ्याइरहेको छ ।

बुन्डेस लिगामा आज विभिन्न ५ खेल हुदैछ । बोरुसिया मोन्चेनग्लाडवाच र बायर लिभरकुसेन, फ्रेइवर्ग र वेर्डर ब्रेमेन, पाडेरवर्न र होफेनहाइन, वल्फवर्ग र बोरुसिया डर्टमन्ड तथा बायर्न म्युनिख र फ्रन्कफर्टबीच प्रतिस्पर्धा हुदैछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.