default_image

4 years ago

May 25, 2020

शिवको दोहोरो कतार यात्रा : अवसर अनि बाध्यता

सुबास हुमागाईं, काठमाडौं इंग्लिस प्रशिक्षक ग्राहम रोबर्ट्सले १८ वर्षीय मिडफिल्डर शिव श्रेष्ठलाई आफ्नो पहिलो खेलमा नै डेब्यु गराएका थिए । सन् २०११ मा पोखरामा भएको भुटानविरुद्ध मैत्रीपूर्ण खेलमा उनले शिवलाई सुरुवाती ११ मै मैदानमा उतारे । आफ्नो १९ औं जन्मदिनको अघिल्लो दिन अनुभवी राजु तामाङ र निराजन खड्कासँग नेपालको मिडफिल्ड सम्हालेका शिव त्यसपछि रोबर्ट्सले घोषणा […]

123 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

इंग्लिस प्रशिक्षक ग्राहम रोबर्ट्सले १८ वर्षीय मिडफिल्डर शिव श्रेष्ठलाई आफ्नो पहिलो खेलमा नै डेब्यु गराएका थिए । सन् २०११ मा पोखरामा भएको भुटानविरुद्ध मैत्रीपूर्ण खेलमा उनले शिवलाई सुरुवाती ११ मै मैदानमा उतारे ।

आफ्नो १९ औं जन्मदिनको अघिल्लो दिन अनुभवी राजु तामाङ र निराजन खड्कासँग नेपालको मिडफिल्ड सम्हालेका शिव त्यसपछि रोबर्ट्सले घोषणा गरेको सिनियर टोलीमा बिरलै छुटे । सुरुवाती रोजाईमा पर्न केहि कठिन भएपनि नेपालको मिडफिल्डका लागि दीर्घकालीन समाधानका रुपमा उनी दरिएका थिए ।

एन्फा एकडेमीका उत्पादन शिवले उमेर समूहमा लगातार राम्रो प्रदर्शन गरेपछि सिनियर टोलीमा स्थान पाएका थिए । त्यसो त उनले स्टार खेलाडीले भरिपूर्ण मनाङ मर्स्याङदीको मिडफिल्डमा पनि नियमित खेलिरहेका थिए । शारीरिक रुपमा निपुण शिव बक्स टु बक्स मिडफिल्डरका रुपमा आफ्नो करीअर अगाडी बढाइरहेका थिए ।

त्यसअघि एन्फा एकडेमीमै रहँदा शिवले आफ्नै एकेडेमीका अन्य ४ खेलाडीसँगै एक अवसर प्राप्त गरेका थिए । सन् २००५ मा तत्कालिन एएफसी अध्यक्ष मोहमद बिन हम्माम एन्फा टेक्निकल सेन्टर उद्घाटन गर्न नेपाल आएका थिए । त्यसबेला एन्फा यू१४ विरुद्ध यू-१६ को मैत्रीपूर्ण खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि ४ खेलाडीले कतारमा ३ साता प्रशिक्षणको अवसर प्राप्त गरे । शिवसँगै गणेश खड्का, निराजन मल्ल र जगजित श्रेष्ठ कतार पुगेका थिए ।

शिव त्यसबेला कतारको एस्पाएर एकेडेमीमा उत्कृष्ट प्रदर्शन गरेपछि उनीहरुलाई त्यहीं बस्न प्रस्ताव आएको बताउँछन् । ‘ हामी ४ खेलाडी प्रशिक्षणका लागि कतार पुग्यौं । प्रशिक्षणका क्रममा हाम्रो क्षमता देखेर हामीलाई त्यहीं बस्ने प्रस्ताव आयो । प्रशिक्षण र खेल्नेको लागि भने त बस्थ्यौं होला तर उनीहरुले त्यहींको नागरिक बन्नुपर्छ भन्ने थाले,’ शिवले सुनाए ।

‘ हामी सानो उमेरको खेलाडी । धर्म परिवर्तन गरेर त्यहींको नागरिक बन्नुपर्छ भनेपछि त तार्सियौं । नेपालमा उमेर समूहमा खेलिरहेको खेलाडी भएर पनि उनीहरुले नजर राखेका थिए । हामीले त्यहाँ नबस्ने भनेपछि प्रशिक्षण सकेर नेपाल नै फर्कियौं । लगत्तै एएफसीको प्रतियोगिता पनि थियो त्यसैले हाम्रो ध्यान त्यसमा थियो,’ उनले थपे ।

सुरुवातमा बुटवलको एकेडेमीमा रहेका शिव पछि भने सातदोबाटो एकडेमीमा आएका थिए । उनले एकडेमीबाट रिलिज भएपछि सिधै मनाङमा अनुबन्ध भएका थिए । लिगमा उनले मनाङबाट खेले र राष्ट्रिय टोलीको यात्रा पनि तय गरे । तर विभिन्न कारणले नेपालमा लिग फुटबल नै नियमित नहुँदा उनलाई समस्या भयो । जिविकोपार्जनको लागि फुटबलमा नै भर परेका उनीजस्ता धेरै खेलाडी पलायन हुन थाले ।

फुटबलमा नै भर गर्न नसक्ने अवस्था भएपछि सन् २०१६ मा शिवले पनि श्रमकै लागि पलायनको बाटो रोजे । यसपटक उनको गन्तव्य फेरी त्यहि कतार थियो, तर यसपटकको यात्रा भने अघिल्लो पटकभन्दा बिल्कुल फरक । नियमित फुटबल नहुँदा क्लबहरुले अनुबन्धन पनि नगर्ने र मोफसलमा आक्कलझुक्कल हुने प्रतियोगिताको भरमा जीवन चल्ने छाँटकाँट थिएन । शिवले कतारमै रहेका नातेदारसँग सल्लाह गरेर पलायन हुने निर्णय लिए ।

‘नेपाल छोडेर जान मन त थिएन । तर आफूले जानेको फुटबल हो, त्यसले बाँच्ने आधार नै नभएपछि पलायन नै हुनुपर्यो । कतारमा नातेदार हुनुहुन्थ्यो, वहाँले राम्रो जागिर मिलाइदिने भन्नुभयो । मैले दोस्रोपटक नसोची उतै जाने निर्णय लिएँ,’ उनले भने ।

कतारमा रहेर ३ वर्ष काम गरेपछि शिव सन् २०१९ मा नेपालमा फुटबल सुचारु भएपछि स्वदेश फर्किए । नेपाल फर्कनेबितिकै उनलाई क्लबहरुले सम्पर्क पनि गरेका थिए, तर शिव मनाङबाट खेल्न चाहन्थें ।

‘ कतारमा झन्डै ३ वर्ष काम गरेर फर्किएपछि लिग चलिरहेको थियो । लिगको अन्त्यतिर थियो सायद, मनाङले लिग जित्ने पक्काजस्तै थियो । क्लबबाट पनि सम्पर्क आएको थियो तर म पूरै फिट थिइन । त्यसैले एएफसी कपका लागि तयारी गरेर मात्र अनुबन्धन गर्ने बताएँ । पछि मनाङले लिग जितेर एएफसी कप खेल्दा भने टोलीसँग सम्झौता गरें,’ शिवले सुनाए ।

शिवले लिग सकिएको केहि दिनमा नै खप्तड गोल्डकपमा गोर्खा ब्वाइज रुपन्देहीबाट खेले । त्यसपछि एएफसी कप खेल्नुअघि मनाङले नुवाकोट गोल्डकप खेल्दै थियो । त्यहि प्रतियोगिताको दौरान मनाङबाट खेल्दा शिवको घुँडामा चोट लाग्यो । लिगामेन्ट पार्सियल टियर भएको थाहा भएपछि उनले केहि समय विश्राम लिने निर्णय गरे । यद्यपि उनी टोलीमा भने संगै थिए ।

एएफसी कपमा मनाङले एन्फा कम्प्लेक्समा चेन्नईविरुद्ध खेल्दा शिव फेरी घाइते भए । यसपटक भने उनी मैदानभित्र होइन, मैदानबाहिर रहेर पनि चोटबाट टाढा हुन सकेनन् । मनाङका खेलाडीले गोल गरेपछि खुसियाली मनाउने क्रममा शिवको चोट बल्झिन पुग्यो । अब शल्यक्रियाको विकल्प रहेन ।

एएफसी कपका दौरान चोट बोकेपछि उनले झन्डै १ महिनापछि शल्यक्रिया गरे । केएमसीमा डाक्टर राजीवराज मानन्धरको टोलीबाट शल्यक्रिया गरेपछि उनले अर्थोप्लास्ट रिह्याब सेन्टरमा राष्ट्रिय टोलीका पूर्व फिजियो सुरज भुसालसँग रहेर पोस्ट-अप फिजियो अगाडी बढाए । चोटका कारण नै उनले अघिल्लो वर्ष भएको ए डिभिजन लिगमा खेल्न पाएनन् । उनी मैदानमा खेल हेर्न भने उपस्थित देखिन्थे ।

हाल लकडाउनको कारण शिवको फिजियो तालिकामा भने केहि असर परेको छ । जिम बन्द हुँदा उनको फिजियो सेसन पूर्ण रुपमा अगाडी बढ्न सकेको छैन । घरमा रहेर नियमित सेल्फ ट्रेनिङ त गरिरहेका छन् । अब चाडैं यो अवस्था सकिएर उनी ग्राउन्ड रिह्याब र जिम सेसनलाई पूर्णता दिन तत्पर छन् ।

शिवले अब आउने ए डिभिजन लिगलाई लक्षित गरेर पुनरागमन गर्ने योजना बनाएका छन् । ‘अब ए डिभिजनको लक्ष्य बनाएर फुल फिटनेसमा आउने योजना छ । त्यसअघि कुनैपनि मोफसल र नकआउट प्रतियोगिता खेल्दिन । हतार गरेर आउनपर्ने केहि छैन, आफूलाई चाहिँदो समय दिएर पूर्ण तयारीपछि मात्र मैदान फर्कन्छु । कुन क्लब जाने भन्ने अहिले सोचेको छैन’, शिवले थपे ।

युवा अवस्थामा नै राष्ट्रिय टोलीका लागि खेलिसकेका शिव एन्फाले राष्ट्रिय खेलाडीलाई भने केहि अवसर दिनुपर्ने ठान्छन् । ‘ एक खेलाडीले राष्ट्रिय टोलीका लागि खेल्न आफ्नो उर्जाशील समय खर्चिएको हुन्छ । विगतमा फुटबल नै नभएर पनि कतिजना अहिले राम्रो अवस्थामा छैनन् । उमेर हुँदा फुटबलका लागि खर्चेपछि फुटबलबाट बिदा हुँदा एन्फाले जागिरको अवसर दिनुपर्छ,’ शिवले सुनाए ।

‘ सबै खेलाडी प्रशिक्षक नै हुनुपर्छ भन्ने छैन । कसैको क्षमता र योग्यता अनुसार एन्फामै विभिन्न पोस्ट हुन सक्छ । यसो हुँदा एन्फालाई पनि फुटबलमै रहेको मान्छे हुँदा कार्यसंचालनमा पनि सहयोग हुन्छ । खेलाडीले पनि फुटबलले केहि दियो भन्ने ठान्छ र तल्लिन भएर काम गर्न सक्छ । फुटबलका लागि फुटबलकै मान्छे हुँदा सबैलाई राम्रो हुन्छ भन्ने मेरो विचार हो,’ शिवले थपे ।

कोरोनाका कारण शिवको फिजियो त प्रभावित भएको छ । सँगसँगै खेलकुद गतिविधि पनि ठप्प छ । यसअघि पटक पटक लिग रोकिँदा नेपाली फुटबलले पलायनको क्रम थेग्न सकेको थिएन । जसकारण युवा र अनुभवी खेलाडीबीच ठूलो खाडल देखिएको थियो । आउने दिनमा भने यस्तो अवस्था नदोहोरियोस भन्ने उनी चाहन्छन् ।

शिवले भने, ‘ अहिलेको कष्टकर समयको सामना गर्न हामी सबैले आफ्नो ठाउँबाट योगदान दिनुपर्छ । तर सबै सामान्य भएपछि फुटबल रोकिनुहुन्न । धेरैको जिविकोपार्जन गर्ने माध्यम बनेको यस खेलले निरन्तरता नपाउने हो भने पुरानो अवस्था नआउला भन्न सकिन्न । उमेर हुँदा र उच्च लयमा हुँदा विदेशिनुको पिडा मैले भोगेको छु, आउने पिढीले यस्तो भोग्नु नपरोस ।’

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.