9 years ago
August 7, 2016
अन्तर्राष्ट्रिय च्याम्पियन कप अन्तर्गत्को वेम्ब्लीमा भएको खेलमा ईंग्लिश क्लब लिभरपुलले बार्सिलोना लाई ४-० ले हराएको छ । झन्डै ९०,००० समर्थकको बिचमा भएको खेलमा लिभरपुलले बार्सिलोनालाई हराउदै युरोप र अमेरिकाको अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ भने बार्सिलोना चौथो स्थानमा झर्यो ।


मेस्सि, स्वारेज , पिके , मास्कारेनो लगायत सम्पुर्ण पहिलो रोजाइको खेलाडीले भरिएको बार्सिलोनालाई लिभरपुलको नयाँ साइनिङको राम्रो प्रदर्शनको मद्धतले सहजै हराउन सफल भयो ।
लिभरपुलले मानेको गोलमा अग्रता लियो भने, मास्कारेनोको आत्मघाती गोलले अग्रता दोब्बर गर्यो भने ग्रुजिक र ओरिगी को १-१ गोल ले लिभरपुल सहज जित दर्ता गर्न सफल भयो ।
आफ्नो योग्यताअनुरुप प्रदर्शन गर्न नसकेको बार्सिलोनाकालागि कप्तान मेस्सी को प्रहार पोस्टमा लाग्दै गोल हुन सकेको थिएन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]